विराटनगरमा विराट एक्स्पो माघ ११ गतेदेखि

  • पुस २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगरमा आठौं संस्करणको विराट एक्स्पो २०२५ आयोजना हुने भएको छ।

उद्योग संगठन मोरङले ३ करोड रुपैयाँको लागतमा विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा यही माघ ११ गतेदेखि विराट एक्स्पोको आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

उद्योग संगठन मोरङको आयोजनामा विराट एक्स्पो हुन लागेको छ भने भमाघ ११ गतेदेखि सुरु हुने एक्स्पो माघ २० गतेसम्म सञ्चालन हुने सोमबार भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

संगठनले सबैभन्दा पहिला २०५३ सालमा कोशी महोत्सवको नामबाट एक्स्पोको आयोजना गरेको थियो। २०८१ सालमा विराट एक्स्पोको आठौं संस्करणसम्म आईपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको थोरै औद्योगिक एक्स्पो मध्ये छुट्टै पहिचान र ब्राण्डको रुपमा स्थापित हुन् सफल भएको आयोजकको दाबी छ।

उद्योग संगठन मोरङले भव्य रूपमा विराट एक्स्पोको आयोजना गर्न उपाध्यक्ष भोलेश्वर दुलाल (भोला) लाई संयोजक र कार्यकारिणी समितिका सदस्य पारस लुनियालाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।

अन्तर्राष्ट्रिय स्तरको विराट एक्स्पोमा ९ वटा पेभिलियन अन्तर्गत २ सय ६८ वटा स्टल रहने उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले जानकारी दिए।

नेपाल, भारत, पाकिस्तान र बंगलादेशका गरी विराट बजार बिटुबीका १२ स्टल, स्टार्टअप भिजन कोशी ह्याकाथुनका १२ स्टल, रोजगार कोशीका १२ स्टल, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधिका ४० स्टल, अटोमोबाइल्सका २० स्टल, औद्योगिक तर्फ ७५ स्टल, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईजका ७५ स्टल, खाद्यका १० स्टल र प्रयोजकका १२ स्टल रहने अध्यक्ष सुरानाले बताए ।संगठनका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले २०७९ सालमा आयोजना गरिएको एक्स्पो भन्दा यस पटक आगन्तुकलाई थप सेवा सुविधा प्रदान गर्न लागिएको जानकारी गराए ।

यसभन्दा अघि पनि विराटनगर बाहिरबाट एक्स्पो घुम्न आउने सर्वसाधारणका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको थिए । यस वर्ष पनि निःशुल्क बस सेवा सञ्चालनलाई निरन्तरता दिने संयोजक दुलालले बताए । बिहान १० बजेदेखि राती ८ बजेसम्म विराट एक्स्पो सञ्चालनमा रहनेछ । बिहान १० बजेदेखि ३ः३० बजेसम्म १०० रुपैयाँ र ४ बजेदेखि राती ८ बजेसम्म २०० रुपैयाँ प्रवेश शुल्क कायम गरिएको आयोजकले जनाएको छ।

हरेक साँझ साँस्कतिक प्रस्तुती

साँझको समयमा सांस्कृतिक कार्यक्रम आयोजना गरिने र बाहिरबाट ल्याइने कलाकारलाई मोटो रकम तिर्नुपर्ने भएकोले ४ बजेदेखि लागु हुने गरी टिकट दरमा वृद्धि गरिएको दुलालले बताए ।

विराट एक्स्पो २०२५ को सम्पूर्ण आन्तरिक तयारी पुरा भइसकेको र फिल्ड निर्माणको काम सुरु भएको संयोजक दुलालले जानकारी दिए ।विराट एक्स्पोको अवधिमा प्रत्येक दिन साँझ राष्ट्रिय रूपमा ख्याति प्राप्त पूर्ण राई, लाहुरे, मंकी टेम्पल, जेम्सी, तृष्णा गुरुङ, रक हेडस, एकदेव लिम्बु, सौरभ भट्टराई, शैलेश निरौला, अस्मिता अधिकारी, मिस्टर डि, हुमन आचार्य, स्वप्न सुमन लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved