धरान ।मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुस १६ गते दिउँसो साढे २ बजे उदयपुरको कटारी नगरपालिका(४ स्थितमा लागु औषध बिक्री बितरण भई रहेको छ भन्ने बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा लागुऔषध ट्रामाडोल र स्पास्मो ८ सय ७७ ट्याब्लेट सोही स्थानका ३१ बर्षीय बिनय सुनुवार, ३४ बर्षीय हरि कृष्ण राई, २६ बर्षीय करण लिम्बु, २२ बर्षीय बिशाल तामाङ र २० बर्षीय बिकेश तामाङलाई नियन्त्रणमा लिईएको छ ।
त्यसैगरी मोरङको विराटनगर महानगरपालिका(१५ बाट बेलबारी नगरपालिका(२ का ३७ बर्षीय सन्तोष पौडेललाई ३ ग्राम १६ मिलिग्राम ब्राउन सुगर र नाईट्राजाम २० चक्की सहित इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले नियन्त्रणमा लिईएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कार्यालयहरुबाट विराटनगर महानगरपालि १८ स्थितमा खटिएको प्रहरी टोलीले को।१ च ९५८२ नम्बरको स्कारपियो गाडीबाट लागुऔषध गाँजा १ सय ५५ किलोग्राम बरामद गरेसगै चालक धरान उप(महानगरपालिका(१२ का २४ बर्षीय राहुल बिश्वकर्मा र गाडीमा सवार धनकुटा सहिदभुमी गाउँपालिका(६ का १९ बर्षीय सुरज राईलाई नियन्त्रणमा लिईएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले गढी गाँउपालिका(२ घर भई हाल दुहबी नगरपालिका(३ स्थित डेरा गरी बस्दै आएका २३ बर्षीय ओम चौधरीलाई १ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।