आज धरानमा घन्किनेछ “साँझ परेपछि नि लैलै

  • पुस १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ “साँझ परेपछि नि लैलै” सबैको जिब्रोमा झुण्डिएको गीत हो ।

नेपाली भाषीहरुको बसोवास रहेको भारतको पहाडी भूमि कालेबुङका गायक अनमोल गुरुङले गायको यो गीत अहिले युटुवमा दश मिलियन अर्थात एक करोड दर्शक पाएको छ ।

त्यही भएर सबै संगीतप्रेमीहरुको रोजाइमा छन गायक अनमोल गुरुङ । 

हो तिनै गायक गुरुङ आज धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा प्रस्तुत हुने भएकाछन् ।

उनका हजारौँ रहर लगायतका गीहरुले समेत युटुवमा दश मिलियन दर्शक पाएकोछ । एउटै पिरती लगायत दर्जनौँ चर्चित गीतका गायक गुरुङलाई धरान १५ स्थित बगरकोटमा आज साँझ ८ बजेदे िधराने दर्शकहरुले हेर्न र सुन्न सक्नेछ । 

प्रत्येक दिन नयाँनयाँ कलाहरु प्रस्तुत गरिरहेको नेचर क्लव धरानले आज सोमबार गायक गुरुङलाई धरान ल्याइएको क्लवका अध्यक्ष कृष्ण राईले जानकारी गराए ।

कालेबुङ भारत भएरपनि नेपाली गीत संगीतमा गरेको योगदान हाम्रा लागि अमुल्य रहेकाले दुबै देशलाई जोड्न गुरुङलाई धरान ल्याइएको महोत्सव आयोजक क्लवका अध्यक्ष राईले बताए ।

गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन मूल नाराका साथ पुस ७ गते प्रारम्भ भएको महोत्सवको आज नवौँ दिन सोमबार धराने दर्शकहरुको मागका आधारमा नेपालकै सबैभन्दा बढी रुचाइएका युवा पुस्ताका गुरुङलाई धरान ल्याइएको राईले बताए । 

प्रत्येकदिनजसो चर्चाका गायकहरु महोत्सवमा उतारिरहेका क्लवले मंगलबार फिचरिङ एण्ड गुड बोइज ब्याण्डका समिर श्रेष्ठ मंगलबार समिर श्रेष्ठ र बुधबार नयाँ वर्षको अवसरमा ट्राइवलरेन र वर्षा कर्माचार्यलाई प्रस्तुत गर्न लागिएको महोत्सवका संयोजक दिपचन्द्र राई (कान्छी) ले बताए । 

धरान उपमहानगर १५ नम्बर वडा समितिको संयोजनमा पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेचर क्लव धरान, निशान त्रिभ्याली टोल विकास संस्था मूख्य आयोजक र त्रिवेणी महिला समुह सह आयोजक रहेको संयोजक कान्छीले बताए ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved