सामुहिक बलत्कार प्रकरण: पक्राउ परेका विरुद्ध तीन वटा मुद्दामा अनुसन्धान

  • पुस १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ दुबै हात र खुट्टा बाँधेर मोरङ जहदा गाउँपालिका ३ की २२ वर्षीया महिलालाई सामुहिक बलत्कार गरेको आरोपमा पक्राउ परेका तीन जना विरुद्ध प्रहरीले म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

मोरङ प्रहरीले पक्राउ परेका तीन जना विरुद्ध तीन वटा मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो ।

सामुहिक बलत्कार गरेको आरोपमा प्रहरीले मोरङ कटहरी गाउँपालिका २ का बर्ष २० का महमद रमजान, सोही ठाउँका बर्ष १९ का सुनिल कुमार साह र भारत विहार राज्य अररिया जिल्ला कुसकिट्टा ग्राम पंचायत वडा नं. ९ हस्तचोक घर भई हाल कटहरी २ बसी ग्यारेजमा काम गर्ने बर्ष १८ का महमद गुल्जर पपक्राउ गरेको छ ।

उनीहरु विरुद्ध मोरङ अदालतमा बिहीबार अपहरण, शरिर बन्धक राखि ज्यान मार्ने उद्योग गरी जबरजस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको मोरङ प्रहरीबा प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

पुस ९ गते दिउँसो अन्दाजी १२ः५० बजे ती महिलामाथि पक्राउ परेका तीन जनाले कटहरी गाँउपालिका वडा नं. २ कदमगछि स्थित बाँसघारी नजिक खेतमा सामुहिक बत्लकार गरेको प्रहरीले जनाएको छ ।

बलत्कार गरेपछि दुबै हात र खुट्टाहरु कपडाले बाँधेको र मुखमा समेत कपडा कोची अर्ध चेत अवस्थामा फेला परेकी थिइन् । त्यसपछि स्थानीयले ती महिलालाई अर्धचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मोरङबाट गएको प्रहरी टोली पुगेर तत्काल उद्धार गरेर विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको अनुसन्धानको क्रममा ९ पुसमा विहान अन्दाजी ०४ः३० बजेको समयमा ती महिला जहदा गाउँपालिका ३ स्थित घर पछाडी रहेको जुडी खोलामा शौच गर्न गएकी थिइन् ।

‘त्यसपछि पक्राउ परेका तीन जना आएर पछडीबाट मुख छोपि हामीसंग जाउँ भनि सिटी सफारीमा राखि घरबाट अन्दाजि ३ किलोमिटर उत्तर पूर्व बाँसघारीमा लगि जवरजस्ती करणी गरेको पाइएको छ ।

करणी गरेपछि कालो सारीको कपडाले हात र खुट्टा बाँधि मुखमा समेत कपडा कोचि सोहि अबस्थामा छाडि फरार भएको पीडितसंगको प्रारम्भिक वयान क्रममबाट खुलेको छ,’ डिएसपी जोशीले भने ।

 

 

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved