इटहरीमा चार हजार सडक बत्ती जडान

  • पुस ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  इटहरी उपमहानगरपालिकाका विभिन्न वडामा ६ महिनामा साढे चार हजार सडक बत्ती जडान गरिएको छ । उज्यालो अभियान अन्तर्गत विभिन्न गाउँ बस्तीमा साढे चार हजार सडक बत्ती जडान गरिएको हो ।

गत असारमा इटहरी १ बाट सुरु भएको बत्ती जडान कार्य इटहरीको २० वटै वडामा पुगेको छ ।

स्वचालित सडक बत्ती जडान कार्य गरिएपछि इटहरीमा चोरीका घटनामा कमी आएकोसमेत दाबी गरिएको छ ।सडक बत्ती रात पर्दा आफैँ बल्ने र उज्यालो हुँदा आफैँ बन्द हुने प्रविधिका रहेको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए ।

मुख्य राजमार्गहरूमा एक सय वाटको र भित्री सडकहरूमा ५० वाटको बत्ती जडान गरिएको उनले बताए ।

 इटहरीको जङ्गल आसपास हात्ती आतङ्कबाट हुने क्षति कम गर्न, सहरमा चोरी बढ्दै गएको अवस्थामा त्यसलाई न्यूनीकरण गर्ने हिसाबले पनि पोलैपिच्छे बत्ती जडानको काम भएको उनको भनाइ छ ।

उपमहानगरपालिकाको विद्युत् शाखा प्रमुख उमेश चौधरीका अनुसार वडाबाट माग भएअनुसार बत्ती वितरण गरिएको छ । चौधरीकाअनुसार वडा १, २, ३, ४, ५ मा क्रमशः २४९, ३५०, २४५, ३०६ र २१९ वटा बत्ती जडान गरिएको छ ।

यसैगरी वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ मा क्रमशः ५०, २४९, २८०, २३०, १४५, १४३, १००, १६४, १२६ र ११३ वटा बत्ती जडान गरिएको छ ।

यसैगरी वडा नं. १६, १७, १८, १९ र २० मा क्रमशः २५०, २५०, १८२, २४३ र २६९ वटा बत्ती जडान गरिएको उपमहानगरको तथ्यांकमा उल्लेख छ ।

विराटनगरको केडिया कन्स्ट्रक्सन हाउस नामक कम्पनीसँग एक करोड ३३ लाख रुपैयाँमा बत्ती खरिद गरेको उपमहानगरको तथ्यांकमा उल्लेख छ । बत्ती बिग्रिएको ठाउँमा जडान र मर्मतको काम समेत केडिया कन्स्ट्रक्सन कम्पनीले नै गर्दै आइरहेको चौधरीले बताए ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved