मन्दिरमा विवाह गर्ने टुंगो लगाएर फर्किने क्रममा प्रेमिकाको हत्या,प्रेमी पक्राउ

  • पुस ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धनुषा । महोत्तरीमा प्रेमिकाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । गत असोज २३ गते बर्दिबास नगरपालिका–५ टुटेश्वरमा २२ वर्षीया अनु रायको हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीको चक्रघट्टा–९ खोइरीयाका २५ वर्षीय मन्दीपकुमार यादवलाई पक्राउ गरेको हो ।
महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने टुंगो लगाएर फर्किने क्रममा विवाद हुँदा प्रेमिका रायको हत्या गरेको आरोपमा उनकै प्रेमीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विवाहको सहमतिपछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुई जनाबीच विवाद भएपछि एकअर्कालाई कुटपिट हुँदा युवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले जानकारी दिए ।


गत असोज २३ गते बर्दिबास नगरपालिका–५ टुटेश्वरमा वेवाारिसे अवस्थामा शव फेला भेटिएको थियो । टुटेश्वर मन्दिरबाट मृतक महिलासँग आरोपितसँगै फर्किएको, टेम्पुमा सँगै यात्रा गरेको भिडियो प्राप्त भएपछि अनुसन्धान गर्दै जाँदा यादवलाई वीरगञ्जबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले बताए ।

पक्राउ परेका यादवलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved