पटेकडाँडा पर्यटकको रोजाईमा

  • मंसिर २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

तेह्रथुम/ तेह्रथुम र धनकुटाको सीमा क्षेत्रमा अवस्थित पर्यटकीयस्थल पटेकडाँडा आन्तरिक पर्यटकका निम्ति आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ ।

समुद्री सतहबाट दुई हजार सात सय दुई मिटर उचाइमा रहेको पटेकडाँडाबाट मौसम खुलेको समयमा मकालु, कुम्भकर्ण सहितका सुन्दर हिमशृङ्खलासँगै तेह्रथुम र धनकुटालगायत छिमेकी जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । पटेकडाँडा सूर्योदय र सूर्यास्तको दृष्यावलोकनका लागि प्रख्यात छ ।

सरकारले सय गन्तव्य सूचीमा राखेको पटेकडाँडा कोशी राजमार्गअन्तर्गत धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित सिधुवा बजारबाट ४५ मिनेट उकालो चढेपछि पुगिन्छ ।

स्थानीय सरकारको पहल एवं सङ्घीय र प्रदेश सरकारको सहकार्यमा सिधुवा बजारबाट केही माथि पैदलयात्राका लागि रेलिङसहितको सिँढी निर्माण गरिएको छ । डाडाँमा शौचालय र वनभोजस्थल बनाइएका छन् । त्यहाँ पूर्वाधार निर्माण भएसँगै पर्यटकको चहलपहल बढेको स्थानीय छिरिङ शेर्पाले बताउनुभयो ।

सरकारले सय गन्तव्य सूचीभित्र पटेकडाँडालाई राखेपछि यो स्थानमा आन्तरिक पर्यटक जान थालेका हुन् ।

पर्यटकको चहलपहल बढेसँगै सिधुवा बजारको व्यापार–व्यवसायमा वद्धि भएको स्थानीय व्यवसायी मेघराज घिमिरेले बताउनुभयोे । उहाँले पटेकडाडाँको प्रचारप्रसार र थप पर्यटनमैत्री पूर्वाधार निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।

लालीगुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको भ्रमण गर्ने धेरै पर्यटकको रोजाइमा पटेकडाँडा परेको छ । विशेषतः हिउँदमा वनभोज खाने र गुराँस फुल्ने याममा त्यहाँ धेरै पर्यटक पुग्ने गरेका छन् ।

पर्याप्त प्रचारप्रसार र थप प्रकृतिमैत्री पर्यटन पूर्वाधारको विकास गरेर पटेकडाँडामा बाह्रैमास पर्यटक भित्र्याउन सकिने व्यवसायी घिमिरेले बताकाे खबर राससले प्रकाशन गरेकाे छ ।

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

धरानमा डेरा गरी बस्न ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचो ...

'किसानलाई ऋण होइन अध ...

झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved