धरान । धरान फुटबलको इतिहाँस बोकेको गोधुली क्लबले शनिबार भएको ताप्लेजुङमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजंघाको गोल्डकपको उपाधि चुमेको छ ।
उक्त प्रतियोगितामा भएको फाइनल खेलमा इलामको रेड डेविल्स विरुद्ध ४–१गोल अन्तर गर्दै उपाधी चुमेको हो ।
प्रतियोगिातमा धरानको तर्फबाट पहिलो हाफको अन्तिम मिनेटमा कार्लोसले गोल गरेका थिए भने शिशिर लेखीले ५१ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएर अग्रता र्दिलाएका थिए ।
सञ्जय श्रेष्ठले ६६ मिनेटमा गोल गर्दै धरानलाई जित तर्फ अघि बढाए । धरानको लागि अन्तिम गोल खेलको ७८ औ मिनेटमा दोर्जे तामाङले गरे । इलामको तर्फबाट भने सान्तवना गोल सुगम खजुमले ८८ औँ मिनेटमा पेनाल्टी मार्फत गरेका थिए ।
धरानका खेलाडीको पेनाल्टी एरिया भित्र ह्यान्ड भएपछि पाएको अवसरमा खजुम गोल गर्न सफल रहे । सेमिफाइनलमा धरानले तेह्रथुमको सम्दु फुटबल क्लबलाई पाखा लगाएर उपाधि भिडन्तमा उत्रिएको हो भने इलामले झापाको न्यू स्टार क्लब बिर्तामोडलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
विजेता बनेसँगै गोधुली क्लब धरानले नगद ३ लाख २ हजार ८१ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको इलामले १ लाख ५२ हजार ८१ मा चित्त बुझाएको छ ।
आजको खेलको म्यान अफ दि म्याचु धरानका शिशिर राई घोषित हुँदै नगद रु ५ हजार प्राप्त गरेका छन् ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गोधुली क्लब धरानका मिलन राई घोषित भए । बेस्ट गोलकिपर तथा उत्कृष्ट प्रशिक्षकको उपाधि पनि धरानलेनै हात पा¥यो ।
प्रमोजय गच्छदारले बेष्ट गोलकिपर तर्फ पुरस्कार जित्दा प्रशिक्षक इन्द्र थापा मगरले सर्बोत्कृष्ट प्रशिक्षक चुनिए ।
प्रतियोगिताको उदयमान खेलाडी ताप्लेजुङको कन्चनजङ्घा फुङलिङ क्लबका सुहाङ लिम्बुले पाएका छन् । विधागत रूपमा उत्कृष्ट रहेका सम्पूर्णलाई जनही ७ हजारका दरले पुरस्कार प्रदान गरिएको म्याच कमिसनर टिकेन्द्र नेपालीले बताए ।
चासोक तङ्ना पर्वको अवसरमा गत मङ्सिर १५ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो भने उपाधी चुमेसँगै धरानमा इतिहाँस बोकेको गोधुली क्लबको खेल प्रतिको उचाई थप बढेको छ ।