पूर्व मेयर राईको तलब भत्ताको कोषबाट बरिष्ठ पत्रकार सुब्बालाई सम्मान,प्रधानलाई पुरस्कार

  • मंसिर २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । पत्रकारिताको इतिहाँसका धरोृहर धरानका वरिष्ठ पत्रकार हर्ष सुब्बालाई धरानमा सम्मान गरिएको छ ।
सुब्बालाई गिरीराज सृजनशील पत्रकारिता सम्मान प्रदान गरी सम्मान गरिएको हो ।

शुव्वा चार दशक देखि हालसम्म पत्रकारिताको जगतमा सक्रिय हुँदै आएका छन् । उनी लामो सम्म कान्तिपुर दैनिक पत्रिकामा कार्यरत रहेका अग्रज पत्रकार हुन् भने यो अवस्थामा पनि उत्तिकै सक्रिय रुपमा पत्रकारिताको गुरु भएर सक्रिय छन् । हाल उनी कयुरी न्यूजका प्रधान सम्पादक छन् ।

शुक्रबार धरानमा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट ‘गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार अक्षय कोष समितिले’ २५ हजार रुपैयाँ राशि सहित सम्मान९पत्र प्रदान गरि सम्मान गरेको हो ।

यसैगरी धरानका अर्का पत्रकार विनय प्रधानलाई सोही कोषको पत्रकारिता पुरस्कार २०८० ले पुरस्कृत गरिएको छ । प्रधानलाई सोही कार्यक्रममा पूर्व प्रधानमन्त्री देउवाले २० हजार रुपैयाँ सहित ‘गिरीराज आचार्य सृजनशीलता पत्रकारिता पुरस्कार९२०८०’ प्रदान गरेका थिए ।

हरेक बर्ष उक्त कोषबाट पत्रकारलाई सम्मान र पुरस्कार प्रादन गरिँदै आएको छ ।धरान उपमहानगरपालिका पूर्व मेयर तिलक राईले नेपाली काँग्रेसका संस्थापक सुनसरी जिल्ला सचिव गिरिराज आचार्यको सम्मानमा ‘गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार अक्षय कोष’ स्थापना गरेपछि सोह्री कोषको हरेक वर्ष कार्यक्रम हुँदै आएको छ ।

पुर्व मेयर राईले आफ्नो तलव भत्ता र सेवा सुविधाको रकमले सो कोष सन्चालनमा रहेको छ । उनतले ुचनाबी प्रतिवद्धता पुरा गरेका हुन् ।पूर्व नगर प्रमुख राईकै कोषबाट शिक्षकहरूलाई प्रदान गरिने शिक्षा पुरस्कार कोष पनि स्थापना गरेका छन् ।

कार्यक्रम धरानमा शुक्तबार गिरिराज आचार्यद्वारा लिखित ‘वीपी कोइरालाका साहित्यिक विचारहरू’ नामक पुस्तकको तेस्रो परिमार्जित संस्करणको विमोचन समारोह रहेको थियो भने त्यस कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति देउवा थिए भने विशेष अतिथी सरकारका गृहमन्त्री रमेश लेखक लगायतको नेताहरुको उपस्थितीमा बृहत कार्यक्रम भएको थियो ।

कार्यक्रम नेपाली काँग्रेस धरान नगर समितिले आयोजना गरेको थियो कार्यक्रममा काँग्रेस केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, सहमहामन्त्री भीष्मराज आङदेम्बे, केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश दत्त लेखक, केन्द्रीय

सदस्यहरू ज्ञानेन्द्र कार्की, मीन विश्वकर्मा, डिला सङ्ग्रौला, लक्ष्मी खतिवडा, राजीव कोइराला, राजीव ढुङ्गाना, प्रदीप सुनुवार, कोशी प्रदेश सभापति उद्धव थापा, प्रदेश महामन्त्री उमेश थापा लगायतको उपस्थिति रहेको जनाइएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved