प्राज्ञिक विद्यार्थी परिषदको सदस्यता अभियान देशभरी नविकरण तथा नयाँ सदस्यता वितरण सम्पन्न

  • मंसिर १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौ ।  प्राज्ञिक विद्यार्थी परिषद नेपालको  सदस्यता अभियान २०८१ को पहिलो दिन देशका विभिन्न एकाइहरूमा सदस्यता नविकरण एवं नयाँ सदस्यता वितरण गरी सम्पन्न भएको छ।

WhatsApp Image 2024-12-03 at 16.54.45 उक्त अभियान २०८१ मंसिर १५ देखि ३० गतेसम्म सन्चालन हुने परिषदले जनाएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल नेपालको एउटा स्वतन्त्र विद्यार्थी सङ्गठन हो। यो सङ्गठनको स्थापना २०५२ मंसिर २४ गते भएको हो । बिधिवत रूपमा २०५४ बैशाख १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको हो । समाज कल्याण परिषद्मा पनि दर्ता भएको छ ।

यो सङ्गठनको मुख्य उद्देश्य शैक्षिक क्षेत्रलाई राजनीतितन्त्र मुक्त क्षेत्र वनाई शिक्षाको गुणस्तर वृद्धि गर्नु रहेको छ। हाल यस सङ्गठनले विभिन्न क्याम्पसमा ईकाइ गठन गरी विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रम गर्दै आइरहेको छ।

सङ्गठनले प्रमुख पर्बहरूको रूपमा बैशाख १८ बिद्यार्थी दिवस, मंसिर २४ गते स्थापना दिवस, पौष २७ गते एकता दिवसरपृथ्वी जयन्ती र सरस्वती पूजालाई मनाउदै आइरहेको छ ।

हाल देशका ७७ वटै जिल्लामा आफ्नो सङ्गठनिक कार्य अगाडि बढाउदै, सङ्घिय संरचनामा अघिसरि सात वटै प्रदेश अधिबेशन गर्ने पहिले सङ्गठन रूपमा आफ्नो अनुशासन प्रष्ट पारेको छ ।


बिद्यार्थी सङ्गठनका आन्तरिक किचलो हरूबाट बाहिरिदै शैक्षिक र समाजीक गतिविधिमा अगाडि बढ्ने प्रेरणा प्राज्ञिक बिद्यार्थी परिषद्बाट पाउछौ । यस्का साथ साथै राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरुस्कार महिला युवा उधमी देबिका बुढाथोकी ज्यु लाई सम्मान गर्दै युवा कार्यमा नयाँ आयाम थपेको छ ।

WhatsApp Image 2024-12-03 at 16.58.06 (1)

महिला हिंसा, अन्याय , र अत्याचार विरुद्ध महिला शशक्त हुनुपर्छ भन्ने उद्देश्यले गरेको लोकप्रिय कार्यक्रम मिसन साहसी लिन सकिन्छ ।

WhatsApp Image 2024-12-03 at 16.58.05

सरसफाइ, ब्यक्तित्व विकास कार्यक्रम, कम्प्युटर प्रशिक्षण, सडक नाटक, रक्तदान, शैक्षिक गोष्ठी, जनचेतनामुलक मुलक र्याली अनि स्वयंसेवकको भुमिका निर्बाह गर्नु परिषद्कका नियमित कार्यक्रम हुन ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved