कोशीमा सडक दुर्घटना न्यूनीकरणको लागि जागरण अभियान मुख्यमन्त्री कार्कीद्धारा सडक देखि विद्यालय तह सम्म पुर्याउने प्रतिवद्धता

  • मंसिर १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । कोशी प्रदेशमा सडक सुरक्षा सचेतना जागरण अभियान सञ्चालन गरिने भएको छ ।
सडक दुर्घटना न्यूनीकरण गर्नका लागि उक्त अभियान सञ्चालन गर्ने भएको हो । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला सबैलाई साथमा लिएर आधारभूत तहसम्म अभियान सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन।

पुस देखि चैतसम्म सञ्चालन हुने अभियानमा यातायात मजदुर तथा सडक प्रयोगकर्तालाई सडकमा यात्रा गर्दा अपनाउनु पर्ने सतर्कता, नियम र अनुशासनबारे सचेत गराइनेछ ।

कोशी प्रदेशको १४ वटै जिल्ला सञ्चालन हुने अभियानको पहिलो चरणमा सप्तकोशीदेख काकडभिट्टासम्मका सडक, दोस्रो चरणमा पहाडी जिल्लाहरू र तेस्रो चरण्माा कलेज तथा विद्यालयहरूमा सचेतना अभियान सञ्चालन गरिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी अध्यक्ष सरोज श्रेष्ठ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी विनोद घिमिरे, कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, संगठनका कोशी अध्यक्ष गौरी लामा सहितका

प्रतिनिधिमण्डलले मुख्यमन्त्री कार्कीको कार्यकक्षमा भेटेर सरोकारवाला सबैलाई सरकारले साथमा लिएर सडक सुरक्षा सचेतना जागरण अभियान सञ्चालन गर्न प्रस्ताव गरेका थिए ।

छलफलका क्रममा मुख्यमन्त्री कार्कीले यो अभियान अत्यावश्यक रहेको र प्रदेश सरकारले तयारी गरिरहेकै अवस्थामा मजदुर, व्यवसायी र ट्राफिक प्रहरीबाट अबधारणा सहित प्रस्ताव आएकाले खुशी लागेको बताए ।

सडक दुर्घटनाको बढ्दो ग्राफले हामी सबै सडक दुर्घटनाको जोखिममा रहेकाले यो अभियानप्रस्ताव गरिएको मजदुर नेता राईले बताए ।प्रस्तावित अभियान सम्पन्न गर्न प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको यातायात महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश कमिटी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, नेपाल

यातायात स्वतन्त्र मजदुर संगठन, कोशी प्रदेश कमिटी, नेपाल यातायात मजदुर संघ, कोशी प्रदेश कमिटी, अखिल नेपाल यातायात मजदुर संघ, कोशी प्रदेश प्रदेश कमिटी, र अन्य सरोकारवालालाई समेत समेटेर कार्यदल निर्माण गर्न प्रस्ताव गरिएको राईले जानकारी दिए ।

उक्त कार्यदलकै प्रयत्नमा सचेतना सामग्रीहरू पर्चा, स्टिकर प्रकाशन गरी प्रदेशका सबै पालिकाका चोक र सडकहरूमा ‘सडक सचेतना शिक्षा’ सञ्चालन गर्ने उनले बताए ।अभियानका क्रममा बसपार्क, ग्यारेज, फुटपाथ, चोक, स्कुल, कलेज केन्द्रित सचेतना कार्यक्रम गरिने जनाइएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved