चतरा/ एक वर्ष अघि संचालन गरिएको हरिद्वार कृषि सहकारी को बेसार उद्द्योग ले स्थानीय स्तरमा उत्पादन भएको हर्दी नेपाल संगै अमेरिका मा पनि धुलो र गोटा हर्दी निर्यात गरि रहेको छ ।
काठमाडौ को डिपि एक्स्पोर्ट फूड्स र ट्र हिमालयन फुड प्राइभेट लिमिटेड मार्फत अमेरिकामा गएको १२ महिनाको अवधीमा ४ टन धुलो र २ टन बढी गोटा हर्दी निकासी गरिएको हरिद्वार सहकारी का लेखा संयोजक कृष्ण भण्डारी बताउँछन् ।
हर्दी को गुण स्तर मा कुनै सम्झौता नगर्ने हरिद्वार को बेसार अमेरिका संगै अस्ट्रेलिया पनि जान थालेको छ । अस्ट्रेलियामा बस्ने नेपाली समुदायले चतराको चिनो र उपहारको रुपमा हर्दी लाने गरेको संयोजक कृष्ण वताए ।
अहिले अरु थप दुई कम्पनीले पनि उद्योगको हर्दी लाने तयारी गरेको कृष्णले बताएका छन ।
मनोरमा कम्पनीले बेसार परिक्षणको लागि लगेको छ , भने अर्को कम्पनीले लगेको बेसारले गुणस्तर परिक्षण जाँच पास गरेको उनले बताए ।
बराहक्षेत्र को वडा १ स्थित पहाडी क्षेत्रमा रहेको सुर्यकुण्डमा उत्पादन हुने बेसार नेपाल कै सबैभन्दा बढी गुणस्तरीय भएको बताईएको छ ।
हर्दीमा हुने औषधिय गुण ुकर्क्युमिनु को मात्रा सबैभन्दा बढी रहेको बराहक्षेत्रको बेसार पकेट क्षेत्र रहेको सुर्यकुन्डको हर्दि को क्वालिटी टेस्ट म पत्ता लागेको छ ।
शुद्ध तथा कर्क्युमिन बढी भएकोले चतराको सुगन्धित बेसार खाना संगै क्यान्सर लगायत अन्य धेरै रोगको औषधि बनाउन बिदेश निर्यात भैइरहेको उद्योगले बताएको छ ।
भर्खरै नेपालमै पहिलो दावी गरिएको हर्दी सफा गर्ने टरमेरिक पोलेसिङ्ग एन्ड ग्रेडर मसिन इन्डिया को महाराष्ट्र राज्य वाट खरिद गरि जडान गरिएको छ ।
सहकारी का शेयर सदस्य किसान बाहेकका अन्य स्थानीयले उत्पादन गरेको सुकेको हर्दी लाई समेत मेशिनले पोलिश गर्ने सहकारीले बताएको छ ।
सहकारीले स्थानीय स्तरमा १० रुपैयाँ को लिएर ५ सय ग्राम तौलको बेसार प्लास्टिक को डब्बामा बेचिरहेको छ । छिटटै नै २५ देखि ५० ग्रामको बेच्ने तयारी गरिएको छ ।
हर्दी संगै सहकारीले नेपालको काठमाडौ लगायत सुदुर पश्चिममा खोर्सानी, बेसार, पानीपुरी, चटपटे,गरम मसाला,चिकेन र मिट मसाला,चाउमिन मोमो मसाला उत्पादन गरिरहेको छ ।