विपन्न विद्यार्थीलाई सहयोगका लागि देउसी भैलो

  • कार्तिक २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग गर्ने उदेश्यसहित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्ने, विद्यार्थीहरुलाई चाहिने भौतिक पूर्वाधार निर्माण गर्ने अभिप्रायले धरान ८ ल्याबोरेटरी माविले वडामा रहेका सबैलाई समावेश गरेर एक दिन विद्यालय प्रांगरणमै देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

सामुदायिक विद्यालयप्रति सबैको दायित्व बुझाउदै उठेको रकमबाट शैक्षिक क्षेत्रमै सहयोग गर्ने उद्देश्यले विगत बर्षदेखि विद्यालयले विद्यालय प्रांगरणभित्रै देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हो ।

धरानकै पुरानो मानिएको धरान ८ मा रहेको ल्याबोरेटरी माविले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक संरचना निर्माण लगायतका कामलाई अगाडि बढाउन वडाबासीलाई समावेश गरेर देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो । सबैको सहभागितामा आयोजना गरिएको कार्यक्रमबाट ६७ हजार रुपैया संकलन भएको विद्यालयका प्रद्यानाध्यापक उत्तम सुवेदीले जानकारी दिए ।

उनले प्रत्येक बर्षको तिहारको अन्तिम दिन आयोजना गर्दै आएको देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकमले विद्यालयको शैक्षिक क्षेत्रमा खर्चसँगै आर्थिक अभाव भएका विद्यार्थीहरुलाई सहयोग गरिने जानकारी दिए ।

देउसी भैलो कार्यक्रममा सहभागी धरान उपमहानगरपालिका ८ नं. वडा समितिका वडाध्यक्ष धनबहादुर राईले यस्ता कार्यक्रमले नेपालीहरुको संस्कार सँस्कृति जर्गेनासँगै विद्यालयको शैक्षिक गुणस्तरमा समेत सहयोग पुग्ने बताए ।

देउसी भैलो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजमा प्रतिष्ठित व्यक्तित्व, वडाबासी, विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
गायिका अञ्जलीको ‘ए मेरो परदेशी’ सार्वजनिक
विराटनगर ।गायिका अञ्जली डिसीको स्वरमा रहेको ‘ए मेरो परदेशी ’ बोलको गीत सार्बजनिक भएको छ । नेपाली युवा युवतीको जिवन भोगाईलाई गीतमा समेटिएको छ । देशमा रोजगारीको अभावमा विदेशिएका युवा युवती विचको पिडा र भोगाईलाई गीतमा समेटिएको छ ।

लामो समय देखि वैदेशिक रोजगारीको शिलशिलामा ओमानमा कार्यरत काशी राम सुनार अर्थात् काशी जेटिको शब्द तथा संगीत र विशाल निरौलाको संगीत संयोजनमा गीत तयार गरएको छ ।

बिभिन्न दुःख पिडामा परेका नेपाली लाई उद्धार गर्दै आए काशीराम सुनारले छोटो समयको बिदा मनाउन स्वादेशमा आएका गीतकार ले मौका को सदुपयोग गरेको र समग्र युवाको प्रतिनिधित्व गर्दै गीत बजारमा ल्याएको बताए । दिनेश पराजुलीको छायाँकन , दिनसन शाहको सम्पादन र गम्भिर विष्टको निर्देशन भिडियोमा रहेको छ ।

गीतका नायिका केकी अधिकारी र काशी राम सुनार र रमा थपलियाको अभिनय देख्न सकिन्छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved