छठपर्ब : उदाउँदो सूर्यलाई जल अर्पण गरि समापन, समावेशी र भाइचाराको संवन्ध विस्तार

  • कार्तिक २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा मनाइने गरिएको छठ पर्वले मधेश र पहाडेबीचको दूरीलाई घटाउँदै आपसी भाइचाराको सम्बन्ध विस्तार गर्दै गएकोे छ ।

धरानमा भएको छठ पर्वको अवसरमा धरानको सेउती र सर्दु खोलमा तयारी धमाधम थालिएको छ । यस बर्ष विहीबार साँझ अस्ताउदो सूर्यलाई अर्घ दिने र शुक्रबार विहान उदाउदो सूर्यलाई अर्घ दिइँदै छठ पर्व मनाइदै छ । अहिले सबै जातजाति तथा समुदाय छठ पर्वहरु समवेश हुने भएकोले पहाडे तथा तराईबासी केही छुटिदैने ।

धरानको सेउती र सर्दु खोलाका किनारमा छठ पर्व मनाउन गएका सर्वसाधारण चाहे त्यो आदिवासी जनजाति होस् या आर्य जातिका हुन् चाहे मधेशी समुदायका जाति समुदाय हुन सबै एक आपसमा मिलेर छठ मनाएको दृश्य विगत केही बर्षदेखि देख्दा नेपालमा कहिल्यै पनि सामाजिक सद्भाव नखल्बिएको बरु अरु मजबुत बन्दै गएको आभाष प्रष्ट देखिन्थ्यो ।

गत बर्ष छठ पर्व मनाउन धरान १५ कि मनिका लिम्बु राति नै छठ पर्व मनाउन आफ्ना पारिवारका साथ सेउती खोलामा पुगेकी थिइन् । आइतबार मधेशी समुदाय सँगसँगै रहेर अस्ताउदै गरेको सूर्यलाई पूजा गरेकी उनल सोमबार विहान ३ बजे नै उदाउदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाएकी थिइन् ।

विगत तीन बर्षदेखि यसरी नै छठ पर्व मनाउदै आएकी लिम्बु अहिले नेपालीहरुले मनाउने चाड सबै समावेशी बन्दै गएको बताउछिन् । उनले विगतमा मधेशी समुदायले मात्र मनाउदै आएको छठ पर्व धरानमा समेत समावेशी बन्दै जानुले मधेशी समुदाय र पहाडे समुदायबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन कोशे ढुंगा सावित भएको बताइन् ।

यस्तै धरान ३ का पुकार साहीको सोच समेत मनिकाकै जस्तो रहेको छ । उनी समेत पछिल्लो समयमा पहाडे समुदाय र मधेशी समुदाय मिलेर एकै ठाउमा छड पर्व मनाउने प्रचलनले मधेशी र पहाडेबीचको सम्बन्धलाई प्रगाढ बनाउनेमात्र हैन विगतमा आफ्नो स्वार्थका लागि केही नेता तथा व्यक्तिहरुले पहाडे र मधेशी समुदायबीच एक आपसमा घोलिदिएका विषवमन समेत अमृतमा परिणत हुने स्पष्ट पारे । त्यस्तै भनाई धरान १५ का सौगात रिजालको समेत भनाइ उस्तै रहेको छ ।

उनले समेत विगत तीन चारबर्षदेयखि मधेशी समुदाय र पहाडे समुदायका जातजातिबीच एक आपसमा खुशी साटासाट गरेर मनाएको छठ पर्वले नेपालमा आपसी सद्भाव नघटेको गतिलो उदाहरण भएको स्पष्ट पारे । त्यसो त मधेशी समुदाय समेत प्रत्येक बर्ष यसरी सबै समुदायसंग छठ पर्व मनाउदा आफूहरुलाई समेत खुशी लाग्ने बताउदै आएका छन् ।

धरान ३ पुरानो बजारका राजेश्वर प्रसाद झाले विगतमा मधेशी समुदायले मात्र यसरी खोलामा आएर छठ मनाउदा आफूहरु असुरक्षित बन्ने गरेको बताउदै यसरी सबै समुदाय मिलेर छठ मनाउदा प्रशासनले समेत सुरक्षा संयन्त्रलाई मजबुत बनाएको टिप्पणी गरे ।

प्रत्येक बर्ष मनाउदै आएको छठ पर्व पछिल्लो समयमा समावेशी बन्दै गएपछि छठ पर्व व्यवस्थित पार्न सुनसरीमा सुनसरी प्रशासन, स्थानीय सरकारले समेत छठ पूजालाई महत्व दिने गरका छन् ।

जे होस् पछिल्लो समयमा छठपर्व कुनै एक जातिको पर्व नभई नेपालमा बसोबास गर्ने सम्पूर्ण जातजातिको बन्दै गएको छ । यो नेपालीहरुका लागि खुशी मात्र हैन यसले भाइचाराको सम्बन्ध समेत विस्तार गरेको स्पष्ट छ ।

विगतमा भएका मधेश आन्दोलन र नाकाबन्दी लगायत विविधि कारणले मधेशी र पहाडेबीच चिस्सिएको सम्बन्धलाई छठ पर्वले प्रगाढ बनाउँदै लगेको छ ।छठ पर्वको अवसरमा धरानको सेउती र सर्दु खोला बेहुली झैं सिंगारिएको छ ।

आज शुक्रबार चार दिनदेखि मनाउँदै आएको छठ पर्व सर्योदयलाई जल अर्पण गरि समापन गरिदैंछ ।

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved