धरानमा नेवार समुदाय आफ्नो संस्कृति बचाउन जुटे " संस्कृति प्रति चिन्ता,संगालो कार्यक्रम हुने"

  • कार्तिक २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।  नेवारी समुदायको युवापुस्तासम्म कला, सँस्कृति तथा नेवारी समुदायमा बजाइने बाजाको पहुच  पुर्याउने अभिप्रायले नेवा ः साँस्कृतिक उत्थान मञ्च धरानले धिमेबाजा, बाँसुरी तथा वाद्यवाधन, पौराणाक नृत्य तथा मोलिक जातीय लोकसँस्कृतिक संगालो कार्यक्रम कार्तिक २४ गते  आयोजना गर्ने भएको छ 

नेवारी संस्कृति युवापुस्ता पु¥याउदै अन्य जातजाति तथा समुदायसम्म नेवारी संस्कृतिको जानकार गराउन कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।मुलुकमा पश्चिमी संस्कृतिले युवा पुस्तालाई गाँज्दै गएको अवस्थामा आफ्नो भाषा, सँस्कृति तथा परम्परा विर्सदै गएका छन् ।

युवा पुस्ता डिस्को डान्स लगायत अहिलेका संगीततर्फ आकर्षित बन्दै जाँदा नेवार जातिको संस्कृति लोप हुदै जाने हो कि भन्ने चिन्ताले सताएपछि सार्वजनिक रुपमै सबैलाई समावेश गराएर कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

विगतदेखि नै नेवारी समुदायका युवा पुस्तालाई नेवारी सँस्कृति, बजागाजाका विषयमा प्रशिक्षण दिइँदै विगत १० बर्षदेख धरान २ भानुचौकमै आयोजना गरिदै आएको कार्यक्रम यस बर्ष भने आर्थिक समस्याका कारण धरान ७ सिद्धी नेवा ः परिषद्को सभाहलमा आयोजना गर्न लागिएको हो ।

नेवार समुदायले नै आफ्नो कला सँस्कृति जगेर्ना गर्नुपर्छ भन्ने अभिप्रायले प्रत्येक बर्ष सार्वजनिक रुपमा कार्यक्रम गरिदै आएको नेवार साँस्कृतक उत्थान मञ्चकी संस्थापक चन्द्र हलुवाईले जानकारी दिइन् ।

कार्यक्रममा मुकुट नृत्य, माता पञ्चकुमारी नृत्य ब्रम्हायणी, वैष्णवी, महेश्वरी, कौमारी, वाराही, अहिल्या, कुन्ती, मन्दोदरी, तारा, द्रौपदीको स्वरूपमा नृत्य प्रदर्शन गरिने छ भने नेवार समुदायभित्र सांस्कृतिक रुपमा अत्याधिक प्रयोग हुने धिमेबाजा, बाँसुरी तथा वाद्यवाधनको समेत प्रयोग गरिने भएको छ ।

नेवार समुदायको घर घरमा आयोजना गरिने यो कार्यक्रमलाई पछिल्लो सामुहिक रुपमा प्रदर्शनै रुपमा आयोजना गर्न थालिएको अभियन्ता नविनकिशोर तमोटले बताए । युवा पुस्तालाई नेवारी बाजागाजा, संस्कृति, बाजा गाजाको महत्व, प्रयोग गर्ने गरिकाका विषयमा जानकारी समेत गराइने उनले बताउनुभयो ।

भविष्यमा संस्कृतिकै माध्यमबाट युवालाई स्वरोगार बनाउने उद्देश्य समेत यो कार्यक्रमले लिएको उनले जानकारी दिए ।
विशेष गरी नेवारी समुदायको वाहुल्य मानिने काठमाण्डौ उपत्याभित्रमा बढी नेवारी सँस्कृतिको प्रयोग गर्ने गरिए पनि यसलाई कोशी प्रदेशमा समेत विस्तार गर्ने उद्देश्यले विगत १० बर्षदैखि धरानमा निरन्तर आयोजना गर्दै आएको अर्का अभियन्ता नरेश बाक्यले बताए ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले गर्ने तय भएको छ । यस कार्यक्रमलाई सफल बनाउन नेवार समुदायका युवापुस्तादेखि अग्रज ज्येष्ठ नागरिक, विगतदेखि नै अभियानमा सरिक भएका व्यक्तित्वका साथै स्थानीय सरकार धरान उपमहानगरपालिकाले समेत नेवार समुदायको सँस्कृतिलाई गहना मान्दै सहयोग पु¥याउदै आएको छ ।

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved