अविरल बर्षाको कहर,विकल्प खोज्दै सरकार,कहिले सहज होला त ?

  • असोज १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं । अविरल बषौसँगै आएको बाढी र पहिरोले अवरुद्ध बनेको राजमार्गहरु पाँच वटा अझै पनि यातायात सुचारु हुन सकेको छैन ।
विहीबार नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयल पत्रकार सम्मेलन गर्दै मुख्य पाँच वटा राजमार्गमा अझै पनि यातायात सुचारु हुन नसकेको जनाएको छ ।
मन्त्रालयका अनुसार अरनिको राजमार्ग, बिपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्गमा अझै पनि यातायात सञ्चालनमा आउन नसकेको हो ।
जसमा अरनिको राजमार्ग अन्तरगत जार्चा कोदारी खण्डमा ५ किलोमिटरमा लिपिङ पुल र लार्चाको बेलिब्रीज बगाएका कारण यातायात अवरुद्ध भएको छ । लार्चामा ह्युमन पाईप, पेनस्टक पाइप र लिपिङ बेलीब्रिज जडान गरेर यातायात सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

यस्तै बीपी राजमार्गको चौकीडाँडा कालढुंगा खण्डको १८ किलोमिटरमा करिव १२ किलोमिटर सडक पूर्णरुपमा बगेका कारण विच–बिचमा सवारी साधन रोकिएका छन् ।

दुबैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको, रोशी खोलाले पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्प प्रयोग गरेर अस्थायी रुपमा यातायात सञ्चालन गरिने मन्त्रालयको योजना छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्गको दोलालघाट राकथुम खण्डमा ८० किलोमिटर सडक मध्ये धेरै ठाउँमा पहिरो गएर सडक समेत वासआउट भएृको, दुबै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ ।

सडक सफा गरी वर्दिवासबाट बिपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुदैँ काठमाडौं प्रवेश गराइने मन्त्रालयले जनाएको छ ।यस्तै कान्ति राजपथको घपेली बगुवा खण्डमा १३ किलोमिटर र बागमतीसम्म मकवानपुर तथा ललिपतुर दुबैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको जनाइएको छ ।

बाममती पुलको एप्रोच छिटो भन्दा छिटो निर्माण गरी सवारी साधन सुचारु गराइने मन्त्रालयले जनाएको छ ।
साथै मेची राजमार्गको रमिते फिदिम खण्डमा ८ किलोमिटर हेवा पुल सहित रमिते डाँडाको पहिलो हटाउने काम भइरहेको छ ।

हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिने मन्त्रालयको योजना छ ।उक्त राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङको सम्पर्क विच्छेद भएको छ ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved