६ सय यातायात मजदुरलाई उद्धार तथा खाद्यान्नको व्यवस्था गर्न यातायात संगठनको माग "चालक, सहचालक, परिचालक तथा यात्रुहरु भोकभोकै "

  • असोज १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौं/ काभ्रे जिल्लाको नार्के, कालढुङ्गा, आपटारी लगायतका स्थानहरुमा अलपत्र परेका यातायात मजदुरहरु र यात्रुहरुको तत्काल उद्धारको व्यवस्था गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सरकारसंग माग गरेकोछ ।
संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले आइतबार विज्ञप्ती जारी गर्दै शुक्रबारदेखि उक्त स्थानमा फँसेका चालक, सहचालक, परिचालक तथा यात्रुहरु आइतबारसम्म पनि भोकभोकै बस्नु परेको जनाँदै तत्काल उद्धार तथा खाद्यान्नको व्यवस्था गर्न माग गरेको छ ।

हाल त्यस क्षेत्रमा करिव ३० वटा बस, करिव २ सय ५० वटा माइक्रो बस करिव २२ को संख्यामा विङ्गर भेन, करिव १ सय ५० वटा विद्युत्तिय भ्यान, करिव ४० वटाको संख्यामा सुमो जिप गरि करिव ५ सय सवारीसाधन र त्यसमा कार्यरत करिव ६ सय चालक, सहचालक, परिचालकहरु अलपत्र परेको उल्लेख गरिएकोछ ।
त्यस्तै धेरै यात्रुहरु हिँडेर गन्तव्य स्थल तर्फ लागेको भएपनि बृद्धबृद्धा, केटाकेटी तथा महिलाहरु गरि करिव ६ सयको संख्यामा यात्रुहरु समेत रहेकाले उनिहरुको तत्काल उद्धार तथा उद्धार नभएसम्म खाद्यान्नको व्यवस्था गर्न संगठनले अपिल गरेकोछ । झापाको दमकबाट यात्रु लिएर काठमाण्डौं आउदै गरेका चालक कृष्ण मैनाली तीनदिनदेखि कालढुङ्गामा अलपत्र परेर बसेकाछन् ।

बा ५ ख ७३७ नम्बर हायस चालक मैनालीले भने हामी भोकभोकै भइसक्यौं यहाँ किनेर खाने पसल केही छैन अकै गाडीमा आएका यात्रुले ल्याएको चामल एक छाक पकाएर खायौं बाँकी कसरी बाँच्ने भन्ने पीरमाछौं, संगै यहाँ रहेका महिला, बालबालिका, बृद्धबुद्धाहरु पनि समस्यामा छन् मैनालीले भने ।
बिहिबार रातीदेखि शनिबार साँझसम्म लगातार परेको वर्षाका कारण देशैभरी क्षति पु¥याएको र ठुलो मात्रामा जनधनको क्षति भएपनि सरकारले पर्याप्त तयारी र उद्धार नगरेकोमा संगठनले आपत्ति जनाउँदै दर्जनौ नागरिकहरु बेपत्ता रहेको, झ्याप्ले खोलामा पुरिएका सवारी साधनहरु र त्यहा पुरिएका मजदुर सहित नागरिकको तत्काल र प्रभावकारी उद्धार गर्न संगठनले सरकारसंग अपिल गरेकोछ ।

विज्ञप्तीमा संयौं नागरिकहरुको ज्यान गएकोछ उनिहरुको पहिचान गर्दै आश्रित परिवारलाई तत्काल राहतको घोषणा र घाइतेहरुको तत्काल उपचारका लागि सरकारसंग माग गरेको ।
बाढी पहिरोका कारण ठुलो मात्रामा भौतिक पूर्वाधारहरु ध्वस्त बनेको नागरिकहरु घरबारबिहिन भएको धेरैको सवारीसाधनहरु ध्वस्त बनेकाले सरकारको तर्फबाट राहत प्याकेज घोषणा गर्न अपिल गरेकोछ ।

 भौतिक र मानवीय क्षतिको मुल्याङ्कन गर्न, यसले पारेको असरहरुको यथार्थ विवरण तयार गर्न, यस्ता खालका विपद्मा तत्काल उद्धारका लागि रणनीति बनाउन र पीडितहरुलाई राहतका लागि नीति तय गर्न सरोकारवाला सम्मिलित आयोग तत्काल गठन गर्न सरकारसंग माग समेत गरेको छ ।
असोज १० गते बिहिबार रातीदखि १२ गते शनिबार दिनभरी करिव ३६ घण्टा निरन्तरको वर्षाका कारण बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका विभिन्न स्थानमा सडकमा क्षति पुगेको छ । सयौंको मृत्यु भइसकेकोछ । दर्जनौं नागरिकहरु वेपत्ता छन् ।

सार्वजनिक सवारीसाधनहरु निर्वाध चल्न नसक्दा जनजीवन कष्टकर बनेकाछन् । यातायात मजदुर तथा यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved