मृगौला पीडित पत्रकार दियालीलाई पुरस्कार बापत रकम दिने घोषणा,फेरी अस्पताल भर्ना

  • असोज ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।बरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठले पुरस्कार बापत रकम मृगौला पीडित इटहरीका बरिष्ठ पत्रकार पिबी दियालीलाई प्रदान गर्ने भएका छन् ।
‘देवेन्द गौतम पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका श्रेष्ठले पुरस्कार बापत प्राप्त रकम दियालीको उपचारका लागि समर्पित गर्ने भएका हु्न् । वरिष्ठ पत्रकार स्वर्गीय देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरले स्थापना गरेको सो पत्रकारिता पुरस्कार यस वर्ष शम्भु श्रेष्ठलाई प्रदान गरिएको हो ।

बुधवार भक्तपुरको भादगाउँ होटलमा आयोजित कार्यक्रममा एक लाख पुरस्कार राशिबाट सम्मानित भएका श्रेष्ठले सो रकम इटहरीका पत्रकार दियालीको मिर्गौलाको उपचारका लागि दिने घोषणा गरे ।श्रेष्ठले आफ्नो पहलमा रोटरीबाट पनि केही रकम जम्मा भएको बताउँदै जीवनभर पत्रकारिता गरेर उपचार समेत नपाउने अवस्था भएकाले पुरस्कारको रकम पत्रकारलाई दिने बताएका थिए ।करेन्ट पब्लिकेशनले पनि थप ५० हजार रकम दियालीको उपचारका दिने घोषणा प्रालिका प्रबन्ध निर्देशक किरण गौतमले गरे ।

्दियाली फेरी अस्पताल भर्ना
मृगौला पीडित दियालीको भान्जी लिला घिमिरेका अनुसार फेरी वीर अस्पतालमा बेड भर्ना भएका छन् । जेठ २२ गते मृगौला प्रत्यारोपण गरिएको भएपनि अप्रेसन गरेको ठाउँमा इन्फेक्सन भएर पुनः अस्पताल भर्ना गरिएको घिमिरेले वताइन् ।

दियालीको यसअघि अप्रेसन पश्चात पनि इन्फेक्सन भएपछि तीन पटक अस्पताल भर्ना भई अप्रेसन भईसकेको छ । असोज ६ गते चौथो पटकको अप्रेसन हुने भएको जनाइएको छ भने थप औषधी उपचार गर्नको लागि आथिर्क अभाव समेत पत्रकार दियालीलाई हुँदै आएको छ ।

यसअघि पनि उनले औषधी उपचारका लागि घरजग्गा विक्री गरी आफ्नो आफन्तको सरसहयोगबाट नै उपचार गर्दै आएका छन् ।पत्रकार दियाली नेपाल पत्रकार महासंघ कोशीको सदस्य,राष्ट्रिय  दलित पत्रकार संघ नेपालको केन्द्रिय सदस्य समेत हुन भने गणराज्य साप्ताहिक पत्रिका इटहरीको सम्पादक तथा प्रकाशत समेत हुन् । 
फोटो ः नेपाल प्रेस

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved