धरानमा मेलाको झमेलाः ठीक की बेठिक ?

  • असोज २, २०८१
  • कोशीपत्र/संवाददाता
alt - फायल तस्बिर

धरान/ धरानमा चाडपर्व विशेष मेलाको झमेलमा फेरी शुरु भएको छ ।

दशैं तिहार अर्थात चाडपर्ब लक्षित मेलाको सवालमा यहाँ विवाद हुँदै आएको हो । मेलालाई कसैले आवस्यक भएको भन्छन् भने कोही पक्ष मेलाले विकृति, अशान्ति ल्याउने भन्दै विरोध पनि हुने गरेको छ । मुलत यहाँका राजनीतिक पार्टीहरु र स्थानीय सरकारवीच नै मतान्तर हुने गरेको छ ।

गएको बर्ष पनि मेला लगाउने विषयमा मतान्तर भएको थियो । जस्का कारण मेला लाग्न सकेन ।दशै र तिहार नजिँकिँदै गर्दा यतिवेला फेरी मेला लगाउने विषयमा मतान्तर सहितको विवाद शुरु भएको छ ।

धरानका मेयर हर्कराज राईले भदौ २७ गतेको कार्यपालिका बैठकमा ‘सस्तो दशैं बजार’ लगाउने प्रस्ताव गरे ।

तर त्यहीँ कार्यपालिका बैठकले नै कार्यपालिका सदस्यहरुले बिरोध गरेका थिए ।उक्त प्रस्ताव स्थगित गरिएको थियो ।

यता धरानका व्यवसायी र बुद्धिजीविको समेत मत बाझिएको छ । सुनसरी उद्योग वाणिज्य सुनसरीका अध्यक्ष दशैं तिहारको नाममा मेला बजार स्थानीय सरकारले लाउन नहुने बताउँछन् । उनले भने,‘मेला,व्यापार व्यवसायभ भनेको अरुले गर्ने हो स्थानीय सरकारले गर्न नहुने भनेर आफुले बैठकमा धारणा राखेको हो ।

’धरान उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष तथा प्रबक्ता मनोज भट्टराईले कार्यपालिकाले बैठकले जे निर्णय गरेको छ, त्यो नै हो,अर्थात नाम जे भएपनि लाउने त मेला नै हो,त्यसैले अहिलेको परिस्थितीमा मेला लाउनु ठीक नभएको बताए ।

यता नेकपा एमाले संसदीय दलको नेता तथा कार्यपालिका सदस्य एवम् १५ नम्बर वडाध्यक्ष नरेश इवारमले पनि धरानमा शान्ति सुरक्षा, जनताको मागलाई मध्यनजर गर्दै मेला लाउन नहुने धारणा ब्यक्त गरेका छन् ।

कार्यपालिका बैठकले यसको विषयमा निर्णय गरेको छ, सदस्य ज्युहरुको विरोध आएपछि स्थगित गरेका हौं।’तर मेलाको विषयमा मतान्तर सृजना भएको छ । कार्यपालिका सदस्यवीच नै मत बाझिएको छ।

धरान उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा कार्यपािलका सदस्य भुपेन्द्र भट्टराईले चाड पर्व लक्षित मेला लाउनु पर्ने बताए ।

उनले भने,‘मेलाको नाममा विकृति , विसंगती बढ्न दिनु भएन,शान्ति सुरक्षाको व्यवस्था गरेर लाउँदै धरानको आर्थिक गतिविधी बढ्छ। त्यसैगरि १८ नम्बर वडाध्यक्ष तथा कार्यपालिका सदस्य प्रविन राईले पनि जाँड रक्सी,जुवा तास अलवा मनोरन्जनात्मक र व्यापार व्यवसाय बढ्ने खालको मेला लाउँदा धरानलाई नै फाइदा हुने बताए ।

चाडपर्वमा सर्व सुलभ वजार आवस्यक छ, सर्वसाधारणहरु बाहिर गएर सामान खरिद गर्ने भन्दा यहाँ नै त्यस्को व्यवस्था गर्नु आवस्यक रहेको उनको भनाई छ ।

मेलामा ठेक्का दिएर ठेकेदारले लगायो भने त्यसै पनि विवाद हुन्छ, यहाको होटल व्यवसाय अथवा उद्योग वाणिज्य संघ लगायतको संयोजनमा गर्दा राम्रो हुन्छ ।

यता धरानका वुद्धिजीवि प्रा.डा. राजेन्द्र प्रसाद शर्माले पनि मेला लाउँदा धरानलाई तीन कुराको फाइदा हुने तर्क गर्छन् ।

उनले भने,‘मनोरञ्जनात्क पक्ष,आर्थिक चलयामानता सहित समग्रमा मेला लाउनु धरानको लागि राम्रो हुने छ।’तर शान्ति सु–व्यवस्था र असान्तिलाई रोक्नको लागि सरकारले त्यो व्यवस्था गरेर जाने हो भने अवस्य पनि मेलाले फाइदा पुर्याउँछ ।

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved