धरानमा चर्चित र्‍यापर भीटेन आउने,असोज ५ गते कन्सर्ट गर्ने

  • भदौ ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । चर्चित र्‍यापगायक भीटेन साङ्गीतिक प्रस्तुती दिने भएका छन् ।
‘भिटेन लाइभ इन धरान’ कन्सर्ट मार्फत प्रस्तुती दिने भएका हुन् ।कन्सर्टको बारेमा सोमवार धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

लागु औषध दुर्व्यसन मुक्ति अभियानको क्रममा उक्त कन्सर्टको आयोजना गर्न लागिएको आयोजक धरान स्थापित समुहले आयोजन गर्ने भएको हो । उक्त कन्सर्टबाट संकलित रकम आर्थिक अवस्था कमजोर भएका धरानका प्रयोगकर्ताहरूको उपचारका लागि सहयोग गरिने जनाइएको छ ।

असोज ५ गते धरान–१६ स्थित धरान रङ्गशालामा आयोजना गरिने समूहका अध्यक्ष सरल उदासले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार कार्यक्रममा भिटेन झैँ नमुना ब्यान्ड विराट चौक, प्याराडाइज नेपाल ब्यान्ड धरान, पुरानो कुपी ब्यान्ड धरान र मनाश्लु डान्स सेन्टरको प्रस्तुति पनि रहने बताइएको छ ।
पत्रकार सम्मेलनमा डिजे रे मगरले भीटेन अहिले विश्वमा सबै भन्दा बढी प्रस्तुति दिने नेपाल ¥यापरको रूपमा चर्चित र व्यस्त रहेका सुपर स्टार भएको बताए । भिटेनले धरानमा लागु औषध विरुद्ध अभियानमा ५ वर्षपछि दोस्रो पटक आउन लागेको बताएका छन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved