विराटनगरमा कृषि एक्स्पोको तयारी तीब्र

  • भदौ २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  भदौ २७ देखि ३० गतेसम्म सञ्चालन हुने कृषि एक्स्पो २०८१ को तयारी तीव्र पारिएको छ।

कृषि क्षेत्रमा प्रयोग हुने घरेलु औजारदेखि मल र बीउ छर्न प्रयोग हुने अत्याधुनिक ड्रोनसम्म प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिको आयोजनामा हुने एक्स्पोको तयारी पुरा भएको जनाइएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी कृषि एक्स्पोमा परम्परागत देखि अत्याधुनिक कृषि प्रविधिहरू प्रदर्शनीमा राखिने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्पोमा अत्याधुनिक प्रविधिहरू र परम्परागत प्रयोग गरिने कृषि सामाग्रीहरू प्रदर्शनीमा राखिने जानकारी दिए ।

एक्स्पोमा रहेका १३० वटा स्टलहरू रहने उनले जानकारी दिए । १०८ वटा स्टलहरू मात्र रहने भनिए पनि मागको आधारमा २२ वटा स्टल थप गर्नु परेको राउतले पत्रकार सम्मेलनमा जानकारी दिए ।

साथै किसानहरूले उत्पादन गरेका कृषि उपजलाई भण्डारण स्थल र बजारसम्म पु¥याउनका लागि आवश्यक पर्ने डेलिभरी भ्यान समेत प्रदर्शनीमा राखिने महासङ्घले जनाएको छ । दुई महिना पहिला देखि नै मोरङको कटहरी गाउँपालिकामा रहेको एकीकृत कृषि थोक बजारमा कृषि एक्स्पो आयोजना गर्ने बारेमा छलफल तथा तयारी थालेको थियो ।

कृषि क्षेत्रको व्यवसायीकरण, किसान र व्यवसायी बीचको सहकार्य, आधुनिक कृषि प्रणालीको विकासमा एक्स्पोले भूमिका खेल्ने आयोजकको दाबी छ ।

राउतले कृषि क्षेत्रको आधुनीकरणमा हालसम्म गरिएका आधुनिक आविष्कारहरूको प्रदर्शनी गर्न एक्स्पो सफल हुने दाबी गरे ।

राउतले तीनै तहका सरकारहरूले कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकता दिँदै आएकोले कोसी प्रदेशका १४ जिल्ला तथा १३७ पालिकाको नै सहभागिता रहने समेत दाबी गरे ।

एक्स्पोलाई व्यवस्थित र सहज बनाउन काम विभाजन गरी विभिन्न समितिहरू गठन गरिएको छ । एक्स्पो हुने स्थानमा ५ वटा ब्लक छुट्ट्याइएको छ । जसमा (ए) मा पशुपक्षी, (वि)मा कृषि, (सी) मा मेशिनरी (डी) मा फुड स्टल र (ई)मा गोष्ठी तथा परामर्श सेवा रहेको छ ।

एक्स्पोमा करिब १३० वटा स्टल रहने छन् जसमा भारतको विहार तथा कलकत्ताबाट २० वटा स्टल आउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved