दुहबीमा ६१ केजीको लड्डु आकर्षण,आज गणेश भगवानको जन्मोत्सव

  • भदौ २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चन्दन रौनियार
दुहबी ।शनिबारदेखि सुनसरीको दुहवीमा श्री गणेश चतुर्थी महोत्सव २०८१ को रौनक सुरु भएसँगै ६१ केजीको लड्डु प्रमुख आकर्षण रहेको छ ।
दुहवी नगरपालिका वडा नं. ५ स्थित ईलाका प्रहरी कार्यालय दुहवी अगाडि रहेको खाली प्लटमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा दुहबी नगरपालिकाको नगर प्रमुख वेद नारायण गच्छदार तथा वहाँ की धर्मपत्नी संगीत गच्छदारले विघ्नहर्ता भगवान गणेशको बिधिवत पूजा अर्चना तथा आरती गरी गणेश चतुर्थी महोत्सवको सुभारम्भ गरेका छन्।

दुहवीमा सातौँ पटक भएको गणेश चतुर्थी महोत्सवमा विघ्नहर्ता भगवान गणेशको ८ फिटको प्रतिमा स्थापन गरि ६१ किलोको लड्डु भोग लगाइएको छ ।गणेश चतुर्थी महोत्सवमा अहिले प्रसाद वितरण कार्यक्रम भईहरेको गणेश पुजा समितिका मोनु साहले बताए ।

साहले बेलुकी स्थानिय झाँकी सहित स्थानिय तथा भारतीय कलाकारहरुबाट संगित भजन किर्तन हुने साथै २२ र २३ गते दुइ दिनसम्म बिहान र बेलुकी पुजा आरती र भजन संध्याको कार्यक्रम रहँने बताए ।

दुहवीमा सातौँ पटक हुन गईरहेको महोत्सवमा पूजा समितिले ८ देखि १० हजार भक्तजनहरु सहभागी हुने अनुमान गरेको छ। उक्त महोत्सवलाई सफल गराउन महोत्सवलाइ भव्यरुपमा सम्पन्न गर्नका लागि ५० जना युवा स्वयमसेवकहरुले अहोरात्र खटने गणेश पूजा समितिले बताए ।
गणेश चतुर्थी महोत्सव शनिबार दुहवी नगरपालिकाका नगरप्रमुख दम्पती बाट पुजा गरि सुरु भएको छ भने भाद्र २४ गते सोमबार दिनको २ बजे श्री गणेश भगवानको ८ फिटको प्रतिमा दुहवी स्थित बुढीखोलामा विसर्जन गरिने कार्यक्रम रहेको छ । गणेश चतुर्थी हिन्दुहरुको एक प्रमुख पर्व मध्ये मानिन्छ ।

पुराण अनुसार यहि दिन गणेश भगवानको जन्म भएको हो । यो पर्व नेपाल लगायत भारतमा बडो धुमधामका साथ मनाउँने गरिन्छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved