पदमचालको हिमाली टावर

  • भदौ २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

पाँचथर/ हिमालको घाँसे मैदान र पत्थरमा फक्रिने वनस्पति हो पदमचाल । जसको चिनिया नाम केञ्जो हो ।

पछिल्लो समय नेपालमा पनि पदम चाललाई केञ्जो भनेर बोलाउनेहरूको सङ्ख्या बढिरहेको छ । यतिबेला पाँचथर र ताप्लेजुङको सीमावर्ती तिम्वुङ पोखरी क्षेत्र यो वनस्पतिले ढाकिएको छ ।

केञ्जो फक्रिए स‘गै यस क्षेत्रमा यतिखेर आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ ।

फोटो खिच्ने,भिडियो बनाउने र हिमाली सौन्दर्यमा रमाउनेहरूका लागि यो वनस्पति आकर्षणको केन्द्र नै हो भन्दा अत्युक्ति हुँदैन । यो समुद्री सतहदेखि चार हजार ३ सय मिटर भन्दा माथिल्लो भू भागमा पाइने वनस्पति हो ।

यो यो वनस्पति सुदूर पूर्वको पाँचथर ताप्लेजुङ सहित देशका सीमित स्थानमा मात्रै रहेको अध्ययनहरूले देखाएका छन् ।पदमचाल तिम्वुङ पोखरी आसपास पर्याप्त मात्रामा पाइन्छ ।

हिमालको चट्टाने भीर र घाँसे मैदानमा टाढाबाट देख्न सकिने गरी फक्रिने गरेकाले यसलाई हिमालको टावर भन्नेहरू पनि भेटिन्छन् ।

यो वनस्पति मुख्यतः हाड जोर्नी साथै पेटको समस्याको निरूपण गर्ने जडीबुटीका रूपमा प्रयोग हुन्छ । पदमचाल हेर्दै लोभलाग्दो र आकर्षक हुन्छ । त्यही भएर तस्बिरमा देखेकाहरू प्रत्यक्ष हेर्नकै लागि सास्ती व्यहोरेर हिमाल चढ्ने गर्छन् ।

पछिल्लो समय यस क्षेत्रमा घुम्न आउने तिर्खालु र पर्यटकले फोटो र भिडियो बनाउने बहानामा यस्का बोट भाँच्ने,उखेल्ने र पात चुँडाउने गरेकाले गरेको पाइएको छ ।

यसले हिमालको सौन्दर्ययतामा हा्रस आउनका साथै लोप हुने खतरा बढेको सरोकारवालाहरूको चिन्ता गर्छन् ।उम्रेको यो वनस्पति उम्रेको ३ देखि ४ वर्षमा मात्रै वयस्क हुन्छ ।

बोट मुनिको भागमा हरियो र माथि तिर क्रमशः सानो हुँदै चुच्चो आकारमा टुंिगन्छ ।

बोट वयस्क हुँदै गएपछि माथिको पात पनि क्रमशः सेतो हुँदै जान्छ ।

दुर्लभ आकर्षक र औषधीय गुणले युक्त भएकाले पनि यो वनस्पतिको संरक्षणमा स्थानीय स‘गै भ्रमणमा आउने जो कोही संवेदनशील हुनु जरुरी देखिएको छ ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved