गरिमा मिसेस तीजको उपाधी एलिनाले जितिन

  • भदौ २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ हरितालिका तीजको अवसरमा गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको गरिमा तीज उत्सव कार्यक्रममा गरिमा मीसेज तीजको उपाधी एलिना श्रेष्ठले जित्नु भएको छ।

मंगलबार धरान १ स्थीत धुलिखेल समाजको भवनमा आयोजित कार्यक्रममा मेन्दो मोक्तान फष्ट रनरअप र सोनि बिष्ट सेकेन्ड रनरअप बन्नुभयो।

विजेता र उपविजेताहरुले उपाधीसहित क्राउन, ट्रफी, स्यास र गरिमा डान्स सेन्टर धरानमा ३ महिना निशुल्क नृत्य प्रशिक्षण लिने अवसर प्राप्त गर्नुभयो।

कार्यक्रमको विजेता र उपविजेताहरुलाई निर्णायकद्वय नृत्य निर्देशक सरस्वती योगी र रीमा थापा मगरले क्राउन, स्यास पहिराए, प्रमुख अतिथि कवियत्री तथा पुर्व सांसद कुन्ता शर्माले ट्रफी र गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक,

नृत्य निर्देशकले निशुल्क नृत्य प्रशिक्षणको पुरस्कार प्रदान गर्नुभएको छ।

कार्यक्रममा अन्य उपाधी तर्फ मोष्ट पङ्चुअल रेणुका राई, मोष्ट चार्मिङ माया मगर, बेष्ट मेकअप मीना पाख्रिन, बेष्ट हेयर सोनि बिष्ट, मोष्ट एक्टिभ विष्णुमाया गुरुङ, बेष्ट डान्स राधा बुढाथोकी, बेष्ट ड्रेसअप नुमा नेयोङ लिम्बू, बेष्ट फिगर अनु राई,

मोष्ट व्युटिफूल जानुका मगर, मोष्ट ईनरजेटिक विष्णुकला राई घोषित हुनुभयो।

कार्यक्रमको अतिथीहरु धरान नृत्य कला प्रतिष्ठानको अध्यक्ष नन्दा राई, नृत्य निर्देशक तथा चलचित्रकर्मी सानुराजा थेगिम,

एशियन थाई फुड प्रा.लि.को धरान सेल्स मेनेजर अमित गुरुङले वहाँहरुलाई स्यास लगाईदिई ट्रफी प्रदान गर्नु भयो।

तस्बिरहरू :

1725604608567 1725604594910 1725604584647

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved