दुहबीमा मिसेस तिज प्रतियोगिता,बिजेतालाई २५ हजार पुरस्कार दिइने "चन्दन रौनियार"

  • भदौ १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

दुहबी/ सुनसरीको दुहबीमा हिन्दूनारी हरुको महान चाड हरितालिका तिजको पावन अबसरमा दुहबी नगरपालिकाका १२ वडा र छिमेकी गढि गाउँपालिका बुढिगंगा गाउँ पालिका महिलाहरुलाइ लक्षित गरि महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले दुहबी जेसिजको आयोजनामा तथा दुहवी नगरपालिकाको संयोजनमा चौथो संस्करणको मिसेस तिज २०८१ हुने भएको छ ।

संस्कृती जगेर्ना गर्न र भड्किलो हुँदै गएको तिज पर्वलाई बिकृती हुन बाट रोक्न साथै विवाहित महिलाको क्षमता अभिवृद्धि तथा अन्तर निहित प्रतिभाको प्रष्फुटन गराउन उद्धेश्यले दुहवी जेसीजले दुहबी न.पा. का १२ वटै वडा र दुहबी नगरपालिका छिमेकी पालिका महिला दिदीबहीनीहरु लाई एउटै छातामुनी भेला गराई चौथो संस्करणको मिसेस तिज प्रतियोगिता २०८१ यही भाद्र २१ गते हुने दुहवी जेसीजका २०२४का अध्यक्ष प्रकाश साह पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिनुभएको हो ।

दुहवी वडा नं. ४ स्थित आफ्टर डार्क पार्टी प्यालेसको हलमा संचालन हुने उक्त प्रतियोगितामा ३० जना महिलाहरुको सहभागिता रहने भएको जेसीजका अध्यक्ष शाहले बताउनुभयो ।

देशमा धेरै सौन्दर्य प्रतियोगिता हुने भएता पनि उक्त प्रतियोगिता भिन्दै प्रकारको प्रतियोगिता भएको र तिज पर्वसंग सम्बन्धित यस प्रतियोगिताले धर्म संस्कृतिको महत्व बुझाउने भएको शाहको दाबी छ ।

आयोजकले कार्यक्रमको दौरान सहभागीहरुलाई र्‍याम्प वाक, स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम साथै व्यक्तित्व विकास तथा आत्मनिर्भर सम्बन्धि प्रशिक्षण दिई सकेको बताएको छ ।

आयोजकले आउने भाद्र २१ गते तिज पर्वका दिन सहभागी सम्पूर्ण महिलाहरुलाई उपहार दिनुका साथै प्रथम हुने प्रतियोगीलाई नगद रु.पचिस हजार एक सय, द्धितिय हुने प्रतियोगीलाई नगद रु.बीस हजार एक सय र तृतिय हुने प्रतियोगीलाई नगद रु. पन्द्रह हजार एक सय साथै विभिन्न सात विद्या (उत्कृष्ट पहिरन, उत्कृष्ट मेकअप, उत्कृष्ट केश, उत्कृष्ट मुस्कान, उत्कृष्ट हिडाइ, उत्कृष्ट अनुसासन, उत्कृष्ट व्यक्तित्व) मा उत्कृष्ट हुने प्रतियोगीलाई रु. पाच हजार एम सय नगद पुरस्कार, प्रमाणपत्र तथा गिफ्ट हयाम्परले पुरस्कृत गर्ने दुहबी जेसिजका पुर्व अध्यक्ष दिपेश राउतले बताए ।आयोजकले सहभागीहरुलाई परिचय, प्रश्न उत्तरको माध्यमबाट छ्नौट गरिनेछ ।

आइतबार दुहबी जेसिजको भबनमा गरिएको पत्रकार सम्मेलनमा मिसेज तिज २०८१ कार्यक्रमका लागि आठ लाख पचास हजार खर्च हुने र यसका लागि दुहबी नगरपालिकाको कार्यालय र स्थानीय संघ संस्था लगायतको सहयोगमा खर्च जुटाइने बताइएको छ ।

पत्रकार समेलको कार्यक्रम संचालन २०२४का सचिव प्रविण अग्रहरीले गरेको थियोे भने स्वागतमन्तब विशाल बरालले गरेका थिए ।

कार्यक्रममा पुर्व अध्यक्ष शुभष भट्टराई ,केलाश भगत ,कार्यक्रम संयोजक रमिता माझी लगायतको उपस्थिति रहेको आयोजकले बताए ।

एम्स एकेडेमीको 'एसइई ...

धरान/ धरानस्थित प्रतिष्ठित शैक्षिक संस्था एम् ...

इटहरीमा लागू औषध ब्र ...

इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–५ स्थ ...

श्रमदाताले यौन दुव्र ...

धरान/ धरान उपमहानगरपालिका–१६ नौलोबस्तीस्थित बहुभा ...

धरान हुँदै गाँजा तस् ...

धरान /सुनसरीको धरान हुँदै तस्करी गर्न लागिएको ठूलो परिम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved