वराहक्षेत्र मन्दिरमा पूर्वाधार निर्माणमा ४ करोड , एैतियासिक तथा पौराणिकको रुप फेरिदैं

  • जेठ २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt - - संगम विष्ट

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं १ मा रहेको एैतियासिक तथा पौराणिक महत्व बोकेको औलिया मठ र वराहक्षेत्र मन्दिरमा ४ करोडको लागतमा भौतिक संरचना तयार हुने भएको छ ।

नगर प्रमुख रमेश कार्कीका अनुसार संघिय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयअन्तर्गत पर्यटन विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा विनियोजित रकमबाट औलिया मठमा प्रवेशद्बार , मण्डब , टायल्स छपाइ , शौचालयको काम हुनेछ ।

वराहक्षेत्रमा टायल्स छपाइ, प्रवेशद्बार र ड्रेन निर्माणको काम हुनेछ । उक्त योजना नगरपालिकाले तयार गरेको डिपिआर अनुसार बिभागको बहुवर्षीय योजनाअन्तर्गत विनियोजित ४ करोड रुपैयाँबाट पूर्वाधार निर्माणको काम हुने विभागका डिई इन्जिनियर सचिन्द्र यादवले बताए ।barahac

उनका अनुसार चालु आर्थिक वर्षमा २ करोड ५० लाख रुपैयाँको काम सम्पन्न हुनेछ ।

शुक्रवार उक्त योजना अनुसार काम हुने स्थानबारे नगर प्रमुख रमेश कार्कीले नागरिक उड्ड्यन मन्त्रालयअन्तर्गत पर्यटन विभागका प्रमुख इन्जिनियिर सचिन्द्र यादव , निर्माण कम्पनीका सञ्चालक सरोज श्रेष्ठ जानकारी र अवलोकन समेत गराएका छन् ।

काम अब चाडै सुरु हुने , निर्माण कम्पनीका सञ्चालक सरोज श्रेष्ठले जानकारी दिए ।

उक्त अवलोकन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश वहादुर कटवाल , वडा नं १ का अध्यक्ष किसन मगर , औलिया मठ तथा छिन्नामस्त मन्दिर संरक्षण मञ्चका अध्यक्ष प्रकाश राउत, वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठ लगायत स्थानीय समाजसेवि तथा बुद्बिजिविहरुको उपस्तिथि रहेको थियो ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved