राणाकालिन शारदा माविमा हिरक महोत्सब

  • जेठ १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ शारदा बालिका नमुना माध्यमिक विद्यालय धरानले ७५औँ वर्ष पुरा गरेको अवसरमा हीरक महोत्सव मनाउने भएको छ ।

महोत्सवको बारे विद्यालयमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । हीरक महोत्सवका लागि विद्यालयले व्यवस्थापन समितिकी अध्यक्ष दिभा श्रेष्ठका अनुसार विद्यार्थी तहमा स्वास्थ्य, साहित्य र खेलकुदका कार्यक्रमहरू राखिएका छन् ।

अभिभावकहरूमा क्यान्सर सचेतना, पाठेघरको मुख क्यान्सर परीक्षण, अभिभावक शिक्षा कार्यक्रम आयोजन गरिने भएको अध्यक्ष श्रेष्ठले बताइन् ।

आँखा परीक्षण, रक्तदान, हाडजोर्नी परीक्षणका शिविरहरू महोत्सव भर सञ्चालन गरिने छ । नगर स्तरीय छात्रा भलिबल प्रतियोगिता, कविता प्रतियोगिता, नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सहित महोत्सव समापन गरिने छ ।

हीरक महोत्सवका लागि विद्यालयले व्यवस्थापन समितिकी अध्यक्ष श्रेष्ठको संयोजकत्वमा सङ्घीय सांसद, प्रदेश सांसद, विद्यालयका पूर्व प्रधानाध्यापक, शिक्षक, व्यवसायी, समाजसेवी सहितको १०१ जनाको मूल समारोह समितिसमेत गठन गरेको छ ।

२००५ साल देखी औपचारिक विद्यालयको रूपमा सञ्चालन हुन थालेको उक्त विद्यालय त्यसबेला पूर्वकै प्रसिद्ध विद्यालय हो ।

तत्कालीन धरान–१ सिंहदेवी चौक स्थित विद्यालय भवनमा सञ्चालित स्कुल २०४५ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो ।

राणाकाल २००४ सालमा बालिकालाई मात्र पढाउने भनी सुरु गरिएको हाल कोशी प्रदेशकै पहिलो छात्राहरू मात्र पठन पाठन हुने विद्यालय हो ।

विद्यालयको निर्मित भौतिक पूर्वाधार पर्याप्त छ र थप पूर्वाधार निर्माणका लागि विश्वविद्यालय नै सञ्चालन गर्न सकिने क्षेत्रफल छ ।

विद्यालयमा हाल छात्राहरूको सङ्ख्या ५०० छन् । शिक्षक कर्मचारी २५ जना छन् । विद्यालय परिसरमा २५ जना छात्रा बस्ने छात्रावास छ । फुटबल ग्राउण्ड, बास्केटबल कोर्ट र परिसर भित्रै क्यान्टिन पनि सञ्चालनमा छ ।

विद्यालयमा ४४ जना छात्रवृत्ति दाताहरूबाट ३२ लाख छात्रवृत्ति कोषमा स्थापना गरिएको छ ।

उक्त कोषबाट वार्षिक दुई दर्जन गरिब, जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved