कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडलमा उत्कृष्ट १०/१० प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश

  • जेठ ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

 धरान/  कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को सेमि फाईनलबाट गायन र नृत्यमा १०/१० जना उत्कृष्ट प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश गरेका छन ।

फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिको आयोजनामा धरान-१६ स्थित यु.एन. सेमिनार हलमा सनिबार सम्पन्न सेमि फाईनलबाट गायनमा १० र नृत्यमा १० गरि२० जना सहभागीहरु फाईनलमा प्रबेस गरेका हुन।

गायन तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन-२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू, सङ्गित प्रशिक्षकरगायक बिनायक राई र गायिका जमुना राई थिए।

त्यस्तै नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियोग्राफर प्रीतम साम्बाहाम्फे र नृत्य प्रशिक्षक प्रनिता तामाङ थिए।

एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै गायन र नृत्य प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गर्न आईडलको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिनु भयो।

शिक्षाका लागि सङ्गीत भन्ने मुल नाराका साथ संचालन भएको एस.ई.ई.आईडलले बिद्यार्थीहरुको अध्ययनमा सहज हुने र उनीहरुभित्र लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गराउन सघाउ पुग्ने इभेन्ट म्यानेजर तिर्थ कार्कीले बताउनु भयो।

आईडलमा कोशी प्रदेसका झापा, मोरङ, सुनसरी, धनकुटा, सन्खुवासभा, तेर्हथुम, भोजपुर, पाचथर, इलाम लगायतका जिल्लाबाट सहभागिहरु आएको इभेन्ट निर्देसक राम बहादुर लिम्बुले बताउनु भयो।ss

आयोजकका अनुसार एस.ई.ई.आईडल गायन र नृत्य दुबै तर्फका बिजेता, फष्ट रनर अप र सेकेण्ड रनर अपले क्रमशस् ५० हजार, ३० हजार र २० हजार नगद प्राप्त गर्ने छन।

त्यसैगरी कक्षा-११ र १२ को अध्ययनका लागि क्रमशस् शत प्रतिशत, ८० प्रतिशत र ७० प्रतिशत छात्रवृत्ति पाउने छन।

ग्राण्ड फिनाले आगामी असार - ७ गते शुक्रबार धरान-१५ स्थित किरात याक्थुङ चुम्लुङभवनमा हुने आयोजकले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved