यातायात स्वतन्त्र मजदुर संगठन धरानको अध्यक्षमा किरण थापा

  • माघ १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन उपमहानगर कमिटीको १५ औँ अधिवेशनबाट किरण थापा अध्यक्षमा निर्विरोध चयन हुनुभएकोछ ।

शनिबार धरानस्थित हरियाली सामुदायिक भवनमा सम्पन्न अधिवेशनले आगामी २ वर्षका लागि २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा विक्रम प्रधान, सचिवमा बलबहादुर लिम्बू, सहसचिवमा बालकृष्ण बुढाथोकी र कोषाध्यक्षमा हरी खतिवडा चयन भएका छन् ।

कमिटीको सदस्यहरुमा कुबिर श्रेष्ठ, जीवन ठटाल, मनोज श्रेष्ठ, सन्तोष बस्नेत, शिवबहादुर तामाङ, दिपक कार्की, चेतबहादुर दाहाल, लेखराज दाहाल, अमित मेन्याङ्बो चयन भएको छन् ।
त्यस्तै अन्य सदस्यहरुमा विनोद राई, सुमेश बोहरा, लीलाबहादुर तोलाङ्गे, श्रीहाङ लिम्बू, दिपेन खड्का, विक्रम खड्का र रमेश सापकोटा चयन भएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, रमेशकुमार बस्नेत, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपाध्यक्ष विष्णु लामा,

महासचिव केशव थापा, कोशी प्रदेश अध्यक्ष गौरी लामा, जिफन्ट धरान अध्यक्ष शमशेर बर्देवा लगायतको उपस्थिति रहेको थियो ।

संगठनका धरान अध्यक्ष कमल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विकेश श्रेष्ठले गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved