निजी क्षेत्र सरकारको अभिन्न अङ्ग : मुख्यमन्त्री कार्की

  • पुष ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निजी क्षेत्रलाई सरकार बाहिरको दोस्रो पक्षको रुपमा हरिने अवस्था अन्त्य नभएसम्म देशले आर्थिक समृद्धि हाँसील गर्न नसक्ने बताएका छन् ।

द एशीया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिकीकरण कार्यक्रमा उनले निजी क्षेत्रले उद्योग व्यवसाय गरेर रोजगारी सृजना गर्ने,

आन्तरिक उत्पादन खपत गरी कृषि लगायतका प्राथमिक क्षेत्रको मुल्य अभिबृद्धिमा योगदान गर्ने तथा राजस्व तिरेर विकासका कामका लागि सरकारलाई स्रोत जुटाउने कार्य गर्ने हुनाले विकास र समृद्धिमा निजी क्षेत्रको योगदानको सबै पक्षबाट कदर हुनुपर्ने बताए ।

कोशी प्रदेश सरकारले औधोगिक शुरक्षा नीति भर्खरै जारी गरेको बताउँदै उनले २ अर्बभन्दा बढि लगानी भएका उद्योगका लागि आवश्यक परेमा उद्योग परिसरमा तैनाथ हुने गरी सुरक्षाकर्मी उपलब्ध गराउने बताए ।

उनले कोशी प्रदेशमा लगानी गर्न चाहने कसैलाई पनि सरकारबाट संरक्षण नपाएको महशुष हुन नदिने प्रतिवद्धता जनाउँदै ढुक्क भएर लगानी गर्न आव्हान समेत गरे । उनले आर्थिक सामाजिक विकासको नीति निर्माणलाई तत्थ्यमा आधारित बनाउने पाश्र्वचित्रबाट महत्वपुर्ण योगदान पुग्ने बताए ।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले छिमेकी मित्रराष्ट्र भारतको विहार र तालिमनाडुको तुलना गर्दै संघीय सरकारको आज्ञा सिरोपर गरेर बस्ने विहार विकासमा पछीपर्दा अहिले केन्द्र सरकार र अन्य प्रदेशका लागि समेत बोझ भइरहेको र तामिलनाडु जस्ता प्रान्तहरुले सरकार विरुद्ध आवश्यक कानुनी लडाई लडेर पनि आफ्नो सबै अधिकार प्रयोग गर्न सकेकोले विकासमा फड्को मारेको बताए ।

कोशी प्रदेशले विहारको बाटो नलिएर समयमा नै तामिलनाडु जस्ता राज्यबाट सिक्न सकेमा अन्य सबै प्रदेशलाई विकास र समृद्धिको नमुना देखाउन सकिने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्राथमिक र द्वितियक तथ्याङ्क संकलन र विश्लेषण गरेर पाश्र्वचित्र तयार गरिएको जानकारी दिए । तथ्याङ्क संकलनको कार्य कहिले पनि पुर्ण नहुने तथा निरन्तरको प्रयोग र अध्यावधिक गर्ने प्रक्रियाबाट यसको उपयोगीता बढ्ने भएकोले पाश्र्वचित्रलाई निजी क्षेत्रबाट अशल उद्देश्यले गरिएको सुरुवातमा लिन आग्रह गरे ।

पाश्र्वचित्र तयारीका क्रममा संकलित तथ्याङ्कमा आधारित रहेर तथ्याङ्क व्यवस्थापन प्रणाली पनि तयार गरिएकोले त्यसलाई पुर्णता दिने क्रममा पाश्र्वचित्रका कमी परिपुर्तीमा त्यसबाट योगदान पुग्ने अपेक्षा रहेको पनि उनले जानकारी दिए ।

यसैगरी प्रकाशित पाश्र्वचित्रमा कोशी प्रदेशको भुगोल र पर्यावरण, जनसांख्यिक झलक, आर्थिक सामाजिक अवस्था, जिल्लागत छ भने प्रदेशको आर्थिक क्षेत्रको तथ्यांकलाई रियलटाइम अद्यावधिक गर्ने व्यवस्थाका लागि कोशी प्रदेश सरकासंग सहकार्य गरेर काम गर्न तयार रहेको अध्यक्ष राउतले बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्याम भण्डारीले निजी क्षेत्रले गरेको प्रयासमा हातेमालो गर्दै नेपाल उद्योग वाणिज्य महासंघले तयार गरेको पाश्र्वचित्रमा समेटिएका आर्थिक सामाजिक तथ्याङ्क सरकारको नीति निर्माणमा उपयोगी हुने बताए । तथ्याङ्क संकलन र व्यवस्थापनको कार्यमा प्रदेश सकारले उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रका संघ संगठनसँग हातेमाले गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए ।
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
धरानमा दादुरा रुवेला विरुद्धको खोप लगाउन थालियो
धरान । छिटो सर्ने संक्रमण रोगका रुपमा चिनिने दादुरा सुनसरीको धरानमा समेत देखा परेपछि धरान उपमहानगरपालिकाले यसको न्यूनिकरणका लागि खोप अभियान सञ्चालन गरेको छ ।
दादुरा रुवेला विरुद्धको खोपमार्फत यसलाई न्यूनिकरण गर्न ८ दिनसम्म विद्यालय लक्षित खोप अभियान सञ्चालन गरेको हो । बालबालिकालाई छिटो संक्रमणको रुपमा फैलिने दादुरा रुवेला धरानमा समेत देखा परेको छ । यसभन्दा अगाडि सुनसरीको बर्जु गाउँपालिकामा देखा परेको थियो । छिटो सर्ने संक्रमण रोग भएकै कारण यसको न्यूनिकरणका लागि धरान उपमहानगरपालिकाले पौष १ गतेदेखि ८ गतेसम्म विद्यालय लक्षित खोप अभियान सञ्चालन गरेको हो ।
यो रोग अहिले सम्म नौ वटा जिल्लामा महामारीको रुपमा फैलिएको छ । महामारी देखा परिसकेको कारणले यसबाट शतर्क रहन धरान उपमहागनरपालिकाले खोप अभियान शुरु गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । हालसम्म यो खोप सुनसरीका ११ वटा पालिकामा सम्पन्न भइसकेको उनको भनाई छ । धरानमा समेत देखा परेका कारण अभियानकै रुपमा धरान उपमहानगरपालिकाले सञ्चालन गरेको उनको भनाई छ ।
यो अभियान अन्तर्गत धरान उपमहानगरपालिकामा रहेका सम्पूर्ण विद्यालयमा गरिने महाशाखाको भनाई छ । २ सय ५० भन्दा बढी विद्यालयलाई लक्षित गरेर खोप सञ्चालन गरेको बताउदै स्वास्थय प्रमुख मेहताले यसमा महिला स्वयंसेविका १ सय ४० जना र स्वास्थ्यकर्मी ४० जना परिचालन गरिएको बताए । धरान उपमहानगरपालिकाका २७ हजार भन्दा बढीलाई यस खोपबाट सेवा दिने लक्ष्य लिएको उनको भनाई छ । यसमा ६ महिनादेखि १५ बर्ष मुनिका सम्पूर्ण बालबालिकालाई लक्षित गरेर अभियान चलाएको बताउदै ८० प्रतिशत बालबालिका विद्यालयमै भेटिने भएकोले विद्यालय लक्षित खोप अभियान सञ्चालन गरेको बताए । उनले २० प्रतिशत बालबालिका विद्यालय नजाने भएकोले त्यस्ता बालबबालिकाको लागि समेत अभियान सञ्चालन गरेको बताए ं।
यो खोप अभियानमा आफ्ना बालबालिकालाई सहभागी गराउन आव्हान समेत गरेका छन् । यो खोप अन्य जुनसुकै खोप लगाए पनि लगाउन मिल्ने बताउदै खोप लगाउँदा कुनै असरहरु नगर्ने बताए । हल्का ज्वरो् आए पनि ठूलो असर नगर्ने उनको भनाई छ ।
दादुरा रोग लाग्दा ज्वरो आउने, शरीरमा राता विमीरा देखा पर्ने, रुखा खोकी लाग्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने, आँखा पाक्ने लगायतका लक्षण हुने महाशाखा प्रमुख मेहताको भनाई छ । उनका अनुसार रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्ने र १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्नै बताए । उनले दादुरा भएको खण्डमा समयमा उपचार नगराएमा आँखाको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, न्यूमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण हुने भएकोले हेलचेक्र्याई नगर्न अभिभावकहरुलाई महाशाखा प्रमुख मेहताले आग्रह समेत गरे ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved