उद्योग व्यवसायमा ५ लाख बढी जनसंख्याको लगानी

  • पुष ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेशमा १ लाख ६८ हजार ५ सय १८ उद्योग व्यवसायमा ५ लाख ४४ हजार ७९ व्यक्ति लगानीकर्ताको रुपमा आवद्ध भई सेवा तथा उत्पादनमूलक कार्यमा संलग्न रहेको विवरण सार्वजनिक भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सोमबार आर्थिक/व्यवसायिक पश्र्वचित्र २०८० सार्वजनिक गरी उद्योग व्यवसाय र उद्यममा आवद्धताको अवस्था बाहिर ल्याएको हो ।

मुख्यमन्त्री केदार कार्कीले एक समारोहकाबीच सोमबार विराटनगरमा पाश्र्वचित्र २०८० को विमोचन गरेका थिए ।

जनगणना २०७८ अनुसार ४९ लाख ६१ हजार ४ सय १२ जनसंख्या रहेको कोशी प्रदेशमा १ लाख ६८ हजार भन्दा बढी व्यवसायमा झण्डै साढें ५ लाख व्यक्तिहरु व्यवसायमा आवद्ध भई उत्पादनमूलक, खानीजन्य, थोक तथा खुद्रा ब्यापार, यातायात, सञ्चार, भण्डार सूचना, होटल तथा रेष्टुरेन्ट, खाना तथा आवास सेवा, वित्तीय व्यवसाय, शैक्षिक संस्था, स्वास्थ्य तथा सामाजिक सेवा, कृषि, घरजग्गा कारोबार, कला तथा मनोरञ्जन आदि उद्योग व्यवसायमा आवद्ध भएको पाइएको हो ।

कोशी प्रदेशमा १९ हजार ३ सय ८० उत्पादनमूलक उद्योगहरु सञ्चालनमा रहेको र त्यसमा १ लाख १ हजार २ सय ७९ व्यक्तिहरुले लगानी गरी वस्तु तथा सेवा उत्पादन गरिरहेको पश्र्वचित्रमा उल्लेख छ ।

तराईका चार र इलाम गरी पाँच जिल्लामा ७७ प्रतिशत उत्पादनमूलक उद्योगहरु रहेको र बाँकी पहाडी तथा हिमाली ९ जिल्लामा २३ प्रतिशत उद्योग सञ्चालनमा छन् ।

कृषि उत्पादनको दृष्टिले अग्रणी मानिएको कोशी प्रदेशमा कृषिसँग सम्बन्धित व्यवसायहरु भने न्यून पाइएको छ । कृषिमा आधारित ४ हजार ४ सय ६ व्यवसाय सञ्चालन भइरहेको र त्यसमा २० हजार ४ सय ९ व्यक्तिहरु आवद्ध रहेको अध्ययनले देखाएको छ ।

थोक तथा खुद्रा व्यापार सम्बन्धी व्यवसायमा सबैभन्दा धेरै व्यक्तिहरुले लगानी गरेको पाइएको छ । कोशी प्रदेशका १४ जिल्लामा १ लाख ६७ हजार ७ सय ५४ व्यक्तिहरुले ८९ हजार २४ व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ ।

उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यवसाय सबैभन्दा बढी झापा जिल्लामा रहेको पनि अध्ययनमा पाइएको छ ।
पर्यटनको राम्रो सम्भावना बोकेको कोशी प्रदेशमा होटल तथा रेष्टुरेन्ट व्यवसायमा पनि लगानीकर्ताहरु आकर्षित हुँदै गएको देखिएको छ । प्रदेशमा साना ठूला गरी २४ हजार २ सय ६९ ओटा होटल तथा रेष्टुरेन्टहरु सञ्चालन भइरहेको र ५४ हजार ६ सय ६५ जना व्यक्तिहरुले यो व्यवसायमा लगानी गरेको पश्र्वचित्रमा उल्लेख छ ।

तराईका चार जिल्ला झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा यो व्यवसाय ७० प्रतिशत रहेको र बाँकी ३० प्रतिशत पहाडी क्षेत्रमा रहेको पाइएको छ ।
यस्तै विमा तथा वित्तीय क्षेत्रका ३ हजार २ सय ३५ संस्थाहरुमा २५ हजार ४ सय ७३ व्यक्तिहरु आवद्ध भएको विवरण महासंघले सार्वजनिक गरेको छ ।

प्रदेशका लगानीकर्ताहरुको सहभागिता शिक्षा क्षेत्रमा पनि उल्लेख्य देखिएको छ । कोशी प्रदेशमा ७ हजार ८ सय ६७ शिक्षासँग सम्बन्धित संस्थाहरुमा ९० हजार ३ सय ५१ जना व्यक्तिहरुले लगानी गरेर सञ्चालन गरिरहेका छन् ।

यस्तै स्वास्थ्य तथा सामाजिक सेवा सम्बन्धी ३ हजार ९ सय ७२ संस्थाहरुमा २७ हजार ६ सय ५२ व्यक्तिहरु आवद्ध रहेका छन् ।

घरजग्गा कारोबार, कला संस्कृति, मनोरञ्जन आदि व्यवसायमा पनि ४० हजार ७ सय २ व्यक्तिहरु संलग्न रहेको र उनीहरुले १४ हजार ३ सय १६ व्यवसायिक संस्थामार्फत काम गरिरहेको विवरण छ । कोशी प्रदेशमा एकल स्वामित्वमा सञ्चालित उद्योग व्यवसायको संख्या सबैभन्दा धेरै ६७ हजार ४ सय १ रहेको अध्ययनले देखाएको छ ।

त्यस्तै दुई व्यक्तिको लगानीमा सञ्चालित उद्योग ५९ हजार ७ सय २८, तीन देखि ९ जनाले सञ्चालन गरिरहेको उद्योग ३४ हजार ६ सय ४२ र १० भन्दा बढी व्यक्ति आवद्ध भई सञ्चालन भइरहेको उद्योग व्यवसायको संख्या ६ हजार ७ सय ४७ वटा रहेको पाश्र्वचित्रमा उल्लेख गरिएको छ ।

कोशी प्रदेशमा निर्यातमूलक उद्योगहरुको संख्या भने न्यून देखिएको छ । झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, संखुवासभा, इलाम र पाँचथर गरी ८ जिल्लाका २ सय २९ व्यवसायले वस्तु तथा सेवा निर्यात गरिरहेको विवरण पाश्र्वचित्रले सार्वजनिक गरेको छ ।

कोशी प्रदेशको कृषि, उद्योग र सेवा क्षेत्र लगायत समग्र आर्थिक तथ्यांकसहितको वस्तुस्थिति विवरण तयारी गरी सरकार र निजी क्षेत्रले लिने निर्णय तथा योजना निर्माणमा तथ्यमा आधारित बनाउन पाश्र्वचित्र प्रकाशन गरेको महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved