किसान आलु रोप्न व्यस्त

  • कार्तिक १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इनरुवा/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका किसान अहिले आलु रोप्न व्यस्त भएका छन् ।

धान र जुट खेती गरेका किसानले बाली भित्र्याएर अहिले आलु रोप्न व्यस्त भएका हुन् । अहिले भोक्राहा नरसिंहका किसानलाई आलु रोप्ने कामले भ्याइ नभ्याई छ । आलु रोप्नको लागि जग्गा जोत्ने, खन्ने, मल बोक्ने र आलु रोप्ने काममा किसान व्यस्त भएका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका ५ को नरसिंह टपरा क्षेत्रमा किसान एक हजार बढी हेक्टर क्षेत्रफल जमिनमा आलु खेती गर्दै आएका छन् ।

यहाँका किसानको हिउदे बालीमा मुख्य उत्पादन नै आलु रहेको किसान शिवराम यादवले बताए । आलुको माग बजारमा उच्च भएपछि किसानहरू थप व्यावसायिक रूपमा आलु खेतीमा लागेका स्थानीय किसान मनोज कुमार यादवले बताए ।

नरसिंहका कतिपय किसानले एक सिजनमा पाँच लाख रुपैया सम्मको आलु उत्पादन गरेर बिक्री गर्ने गरेको यादवको भनाई छ ।

गाउँको आलु जिल्ला सदरमुकाम इनरुवा हुँदै अन्य मुख्य तरकारी बजारमा बिक्री हुने गरेकोले बजारको अभाव नभएको अर्का किसान मिथलेश यादवको भनाई छ । विगतमा परम्परागत पुरानो आलुको बिउँ लगाउँदै आएको किसानहरु अहिले नयाँ जातको बिउँ लगाउन सुरु गरिएको छ ।

यसले आलुको उत्पादन बढाउने भएको छ । सुनसरीमा कुल आलु उत्पादनको झण्डै ३० प्रतिशत भोक्राहा नरसिंहमा उत्पादन हुने गरेको कृषि शाखाको दावी रहेको छ ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved