सुनचाँदी पसलमा राखेको कराेडाैं रकम लिएर संचालक फरार "पिडितहरु प्रहरीलाई गुहार्दै"

  • कार्तिक १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  बढी ब्याजको लोभमा धरान ११ को एक सुनचाँदी पसलमा रकम जम्मा गरेका स्थानीयहरुको पैसा डुबेको छ ।

धरान ११ मै संचालन रहेको नुमा स्टोरका संचालक वसन्त राइले १८ प्रतिशत सम्म ब्याज दिने भने पछि स्थानीयले करोडौ रुपैया बचत गरेका थिए ।

अहिले संचालक राई बचत रकम लिएर फरार भए पछि उनिहरुको रकम डुबेको हो । राइले बचतकर्ताको करिब ३ करोड रुपैया लिएर फरार भएका छन् । उनी कार्तिक २ गते भन्दा अघि नै फरार भएको अनुमान गरिएको छ ।

बचतकर्ताहरुले फरार राईलाई पक्राउ गरि डुबेको रकम उठाइदिन भन्दै इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएका छन् । सुनचाँदीको कारोबार सहित पसलमा राईले मनी ट्रान्सफरको व्यवसाय पनि गर्दै आएका छन् ।

पीडित स्थानीय चन्द्रकुमारी तामाङले सयकडा १८ रुपैयाँ ब्याज दिने भनेपछि नुमा स्टोरमा ९४ लाख रुपैयाँ राखेकी थिइन ।

संचालक छिमेकी पनि भएकोले धेरै वर्ष देखी कारोबार गर्दै आएकाले रकम जम्मा गरेको उनले बताइन् ।

ब्याज बापत केही रकम दिएका सञ्चालक राई साँवा रकम फिर्ता नदिई पसल छाडेर भागेको उनको भनाई छ ।

चन्द्रकुमारीका अनुसार उनलाई कार्तिक २ गते पैसा लिन बोलाएर पैसा नदिई त्यही दिन देखी सञ्चालक राई परिवार सहित सञ्चालक सम्पर्क विहीन भएका छन् । उनले १८ जनाबाट रकम तथा सुनका गरगहना लिएका थिए ।

कसैको रकम लिएर सुनको गरगहना फिर्ता नगरी फरार भएको पिडितहरुले बताएका छन् ।


स्थानीय धरान ११ का बुद्धिमान तामाङले पनि सोही मनी ट्रान्सफर पसलमा ८२ लाख रुपैयाँ राखेका थिए ।

रकम फिर्ता पाएका छैनन् । सञ्चालक राई बढी ब्याज दिने भन्दै दुर्गा देवी तामाङसँग ३१ लाख रुपैयाँ र नउमती राईबाट २५ लाख रुपैयाँ लिएका छन् ।

यस्तै धनकुमार राई, प्रेणा गुरुङ, प्रेमलाल चौधरी लगायत ८ जना भन्दा बढीसँग धितोमा राखेको सुन र उकास्न तिरेको पैसा दुवै लिएर वसन्त सम्पर्क विहीन भएका हुन ।
पीडितहरू ठगीमा परेको उजुरी दिन इलाका प्रहरी कार्यालयमा गएका थिए ।

प्रहरीले लेनदेनको विषयमा आवश्यक प्रमाण नभएका कारण जाहेरी दर्ता नगरेको पीडित धनकुमार राईले बताए ।
प्रहरीका अनुसार सञ्चालक राईले १८ जनाबाट मात्र ३ करोड बराबर रकम लिएको देखिन्छ ।

तीमध्ये पनि अन्य धेरै उपभोक्ताबाट रकम लिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved