नेपाल विश्वकप एसियाको सेमिफाइनलमा

  • कार्तिक १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  शानदार ब्याटिङ गरेपछि नेपाल ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको हो । कुशल भुर्तेलले २५ बलमा ४३, आसिफ शेखले २३ बलमा ३५ र कुशल मल्लले ३४ बलमा ६५ रन बनाएपछि नेपालले १ सय ६६ रनको लक्ष्य १८ ओभरमा पूरा गरेको थियो । नेपालको यो लगातार दोस्रो विजय हो ।

अघिल्लो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।
मलेसियामाथि नेपालको विजयसँगैं ओमान पनि समूह ‘ए’ बाट सेमिफाइनल पुगेको छ ।

ओमानले पहिलो दुई खेलमा मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो । नेपाल र ओमान बिहीबार समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

मलेसिया र सिंगापुर दुबै समूह चरणको एक खेलअगावै नकआउट दौडबाट बाहिरिएका छन् ।

भुर्तेल र आसिफले ५ ओभरमा ४९ रन जोडि नेपाललाई शानदार सुरुआत दिलाएका थिए । भुर्तेल समान ४ चौका र छक्का प्रहार गरि आउट भए । आसिफ र मल्लले १० ओभरमा नेपालको स्कोरलाई ९५ रनसम्म पु¥याए । मोहम्मद अमिरको बलमा कट एन्ड बोल्ड हुनुपूर्व आसिफले १ चौका र २ छक्का प्रहार गरे ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियका विश्व कीर्तिमानधारी मल्लको यो तेस्रो अर्धशतक हो । उनी पनि कट एन्ड बोल्ड भए र खेलमा अमिरको तेस्रो शिकार भए । उनले कुल २ चौका र ७ छक्का प्रहार गरे । सन्दीप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे ।

यसअघि टस जितेको मलेसियाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेलि ९ विकेट गुमाई १ सय रन ६५ बनाएको थियो । ओपनर सैयद अजिजले मलेसियाबाट सर्वाधिक ६८ रन बनाए । गुल्शन झाको बलमा आउट हुनुअघि उनले ८ चौका र २ छक्का प्रहार गरे ।

अजिजले जुबाइदी जुलकिफ्लेसँग मिलेर मलेसियालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । उनीहरुले पावर प्लेमा ५८ रन जोडेका थिए ।

छैटौं ओभरको पाँचौं बलमा अविनाश बोहराले जुलकिफ्लेलाई आउट गरी नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

त्यसपछि मलेसियाको नियमित विकेट झरिरहयो । कप्तान अहमद फैज ३ रनमा रनआउट भए । वीरनदीप सिंहलाई सन्दीप लामिछानेले ४ रनमा एलबीडब्लु आउट गरे ।


कामचलाउ बलर कप्तान रोहित पौडेलले सार्विन मुनिएन्डीलाई १३ रनमा कट एन्ड बोल्ड गरे ।

अविनाशले मोहम्मद अमिरलाई ८ रनमा बोल्ड गरे । अविनाशले नेपालबाट ४ विकेट लिए । अघिल्लो दिन सिंगापुरविरुद्ध पनि ३ विकेट लिएका अविनाशले ४ ओभरमा २७ रन खर्चेका थिए ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved