जीवन र जीवनी कृतिको लोकार्पण

  • वैशाख १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / प्रतिमा खतिवडा निरौलाले सम्पादन गरेको कृति ‘जीवन र जीवनी’ शनिबार यहाँ लोकार्पण गरिएको छ। पूर्वप्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङ,वरिष्ठ समालोचक दधिराम सुवेदी, प्राडा गोपाल भण्डारी,अग्रज कवि बम देवानलगायतले कृति लोकार्पण गरेका थिए ।

सो कृतिमा भाषा–साहित्य, शिक्षा तथा समाजका अन्य क्षेत्रमा लामो समय बिताएका ३० जना अग्रजहरूको आत्मवृत्तान्त सङ्कलित छन्। आत्मसंस्मरणात्मक रचनाहरूमा सम्बन्धित व्यक्तित्वहरूले आफना  बाल्यकालीन,भोगाइ, सङ्घर्ष र अनुभवहरू  आफैले  प्रस्तुत गरेका छन् ।

डा रमेश घिमिरे उपप्राध्यापक राजेश विद्रोही र रामप्रसाद खरेलले पुस्तकबारे चर्चा गरेका थिए । चर्चाकारहरूले नयाँ पुस्तालाई मार्गनिर्देशन गर्न पुस्तक उपयोगी हुने धारणा राखेका थिए । सफलता सजिलै प्राप्त नहुने,त्यसका लागि दृढ सङ्कल्प र लक्ष्यप्रति समर्पण आवश्यक हुने ज्ञान पुस्तकका रचनाहरूबाट प्राप्त हुने उनीहरूले बताए ।

विराटनगरको पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकको लोकार्पण तथा विमर्श कार्यक्रम कलरव धरानले आयोजना गरेको थियो । कवि सुदीप पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वप्रदेश प्रमुख प्राडा तुम्बाहाङ, वरिष्ठ समालोचक सुवेदी, प्राडा भण्डारी, अग्रज कवि देवान तथा युवाकविहरू राज माङ्लाक र इन्दु योञ्जनलगायतले पनि बोलेका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved