बराहक्षेत्रमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु "धरानमा हात्ती आतंक"

  • माघ ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

 

धरान / धरानमा समेत हात्ती आंतक शुरु भएको छ । मंगलबार साँझ ६ बजे धरान उपमहानगरपालिकाको उदय सामुदायिक वन क्षेत्रमा तीन वटा जंगली हात्ती भेटिएको थियो ।

हात्तीले मानवीय तथा भौतिक क्षति नपु¥याए पनि आसपासमा रहेका सर्वसाधारण त्रासपूर्ण वातावरणमा बस्न बाध्य छन् । यसभन्दा अगाडि पनि दुई पटक जंगली हात्ती यस क्षेत्रमा आउने गरेको छेउमा फर्म सञ्चालन गरेर बसेका सुरज बरालले बताए ।

उनले पटक पटक हात्ती आएर सर्वसाधारणलाई आतंकित बनाएको बताए । उनले पछिल्लो पटक आएका तीन वटा हात्तीले फर्मको चारो राख्ने ठाउँ भत्काइदिएको बताए । धरान १६ मा घर भएका बरालले शिक्षक पेशा नै छाडेर फर्म खोलेर बसेका छन् । यस क्षेत्रमा १८ देखि २० वटासम्म फर्म सञ्चालनमा रहेका छन् । बारम्बार भएको हात्ती आंतका कारण धेरैले फर्म बन्द गरेका बरालको भनाई छ । उनले भने एक पटक हैन पटक पटक हात्ती आउने, त्रसित बनाउने भएपछि अहिले धेरैले यहाँ सञ्चालित फर्महरु बन्द गरेका छन्, अहिले मुस्किललले ८ देखि १० वटा फर्म सञ्चालन छन् ।

जयकर्मयोगी कृषि फर्म सञ्चालन गर्दै आएका बरालको अहिले १० वटा संगुरको पाठा, १५ देखि २० वटा कुखुरा रहेका छन् । तर हात्ती बारम्बार आएपछि फर्म सञ्चालन गर्न नै नसकिने अवस्था आएको बताए । उनले भने यस विषयमा बारम्बार हामीले प्रहरी प्रशासनलाई जानकारी गराएका छौं, हात्ती आएको बेला दुई वटा प्रहरी पठाइदिन्छ, हतियारविना आएका उनीहरु सर्वसाधारणको पछि पछि कुद्ने् बाहेक उनीहरुसँग हात्ती धपाउनेृ उपाय नै छैन, फाइरिङ गर्न पनि प्रशासनको अनुमति चाहिन्छ भन्छन्, हामीलाई प्रशासनको समेत सहयोग भएन, त्यही भएर अब हामी यस ठाउँबाट विस्थापित हुनुभन्दा अर्काे विकल्प छैन ।

उनले यस विषयमा इलाका प्रहरी कार्यालयलाई जानकारी गराउदै सहयोग माग्दा सहयोग नभएको बताउदै हात्ती धपाउन प्रयोग गरिने साइरन बजाइदिएमात्र पनि भाग्ने बताए ।

उनले फर्म बेचेर हिड्नुपर्ने अवस्था आएको बताए । मलाई मात्र हैन यहाँ आसपासमा फर्म चलाउने अवस्था सबैको उस्तै छ, प्रहरी प्रशासनले सुरक्षाको ग्यारेन्टी गर्न सकेको छैन, धपाउन हवाई फायर गर्न पनि प्रशासनको स्वीकृत चाहिन्छ भन्ने जवाफ दिन्छ, प्रहरी पनि रमिते हेर्न आएको जस्तो मात्र देखिएको छ, हात्ती भगाउने प्रयास नै गर्दैन’ बरालले भने हामीले स्थानीय सरकारलाई कर तिरेका छौैं हाम्रो सुरक्षाको ग्यारेन्टी हुँदैन भने कर तिरेको के मतलब भयो र ? यस्तै अवस्था आइरहयो भने हामी यहाँ बस्नै सक्दैनौं ।

हात्ती प्रवेश गरेकै दिन विहान ११ बजे बराहक्षेत्र ५ सिमरबनका ६५ बर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको थियोे । घाँस काट्न गएको बेला बिहान करिब ११ बजे माझीलाई हात्तीले आक्रमण गरेको थियो । माझी रामझोडास्थित जनजागृती सामुदायिक वनको पोखरी छेउमा घाँस काट्न गएको बेला हात्तीले आक्रमण गरेको स्थानीयको भनाई छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved