सुनसरीबाट एकमात्र महिला केन्द्रमा प्रतिनिधित्व गर्दै

  • मंसिर २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेकी केन्द्रीय सदस्य भगबती चौधरी प्रदेश १ कै एक मात्र निर्वाचित महिला उम्मेदवार बनेकी छिन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेसका बिजयकुमार गच्छदारलाई ५ हजार बढी मतले पराजित गर्ने चौधरी प्रदेश १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एमालेकी एक्ली महिला सांसद बनेकी छन्् ।

प्रतिनिधि सभातर्फ एमालेले ४४ सिट जित्दा ६ जना महिला उम्मेदवार निर्वाचित भएकोमा प्रदेश १ बाट भगबती चौधरी एक्ली महिला सांसद बनेकी हुन् । उनले गच्छदारलाई तेस्रो पटकको प्रयासमा पराजित गर्दै संसदको यात्रा तय गरेकी हुन् । नेतृ चौधरीले यसअघि ०७४ र ०७० सालको निर्वाचनमा गच्छदारसँग नै प्रतिष्पर्धा गरेकी थिइन् ।

सुनसरी क्षेत्र नं. ३ बाट प्रतिष्पर्धा गरेकी चौधरीले ४० हजार ७८८ मत प्राप्त गर्दा गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरेका थिए । समाज सेवा, महिला सशक्तिकरण, लघुवित्त कार्यक्रमसँगै २०५८ सालदेखि अनवरत राजनीतिमा सक्रिय चौधरीले सुनसरी क्षेत्र नं. ३ को विकास गर्दै जनताको जीवनस्तर उकास्न काम गर्ने बताइरहेकी छिन् ।

जिल्लाकै पिडछिएको क्षेत्रका रुपमा रहेको यो क्षेत्रमा गच्छदारले लगातार ६ पटक चुनाब जित्दै १३ पटक मन्त्री भएको इतिहास छ । ३१ वर्षसम्म लगातार सत्ता र शक्तिको वरिपरि रहेका उनले आफ्नो क्षेत्रको विकासका लागि ठोस काम नगरेको आरोप खेप्दै आएका थिए । गच्छदारले ३१ वर्ष केही नगरेपछि चौधरीलाई आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्ने गरी काम गर्नुपर्ने चुनौति छ ।

एमालेले प्रत्यक्षमा १२ जना महिला उम्मेदवार उठाएको थियो । यो पटक एमालेका प्रभावशाली महिला नेताहरू पराजित भए । एमाले सचिव पद्मा अर्याल, शान्ता चौधरी, निरूदेवी पाल, कोमल वली, बागी उम्मेदवार गंगा चौधरी, मन्जु कुमारी चौधरी, सिन्धु जलेशा बुढाथोकी पराजित भए । एमालेमा चौधरीसँगै ज्वालाकुमारी साह, जुलीकुमारी महतो, लक्ष्मी महतो, विद्या भट्टराई, तारा लामा तामाङ विजयी भएका छन् ।

उनको जितसँगै सुनसरीबासीले विकासको अपेक्षा गरेका छन् । विगतमा गच्छदारले आफ्नो क्षेत्रको विकासमा उल्लेख्य काम नगरेको यहाँका स्थानीयहरु बताउँछन् । पदमा नहुँदा यस क्षेत्रको विकासमा अहोरात्र खटिने चौधरीबाट विकासले गति लिने यस क्षेत्रका मतदाताहरुले बताएका छन् ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved