प्राइम भिजन कलेजद्वारा बिद्यार्थीलाई अभिमुखिकरण

  • भदौ १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान–१० स्थित प्राईम भिजन कलेजले माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) उत्तीर्ण गरि एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट (एडिएचएम) र कक्षा–११ म्यानेजमेन्ट अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरि अभिमुखिकरण गरेको छ ।

इटहरीको गोरखा होटलमा कलेजका कोअर्डिनेटर अनिल श्रेष्ठ, अपरेसन म्यानेजर अभिषेक श्रेष्ठ, काउन्सुलर मधुसुदन कोइराला, एडमिनिष्ट्रेटिभ इन्चार्ज विशाल शंकर लगायतले बिद्यार्थीहरुलाई कलेजमा अध्ययन गर्नुपर्ने बिषयबस्तु, कलेजको शैक्षिक वातावरण, कलेजमा पालना गर्नुपर्ने नियमहरु आदिको बारेमा जानकारी गराए ।

कलेजमै अध्ययनरत विद्यार्थी प्रकाश राईले कलेजमा घरको जस्तै अनुभूति भएको र शिक्षकहरु पनि फ्रेन्ड्ली हँुदा ग्रुपिज्म नगरी सबैसङ्ग एउटै घर परिवार जस्तै ब्यबहार गर्न नव आगन्तुक बिद्यार्थीहरुलाई आग्रह गरे ।

त्यस्तै अन्जना राईले कलेजमा हस्पिटालिटी सम्बन्धीनै अध्ययन गरिने हुनाले सबैले एक–आपसमा सम्मान र सत्कार गर्न सिक्नुपर्ने बताईन । नेपाल पत्रकार महासंघ सुनसरीका सह–सचिब भोला श्रेष्ठले प्राइम भिजन कलेजले छोटो समयमा धरानको शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउदै नव आगन्तुक बिद्यार्थीहरुलाई सफलताको शुभकामना ब्यक्त गरे ।

कलेजको तर्फबाट बिद्यार्थीहरुलाई एक–एक सेट पुस्तक, झोला, ट्याब र किचन किट प्रदान गरिएको थियो । कार्यक्रममा छात्र सन्देस पाल्पाली र छात्रा अम्बिका लिम्बुले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सन्चालन कलेजका लेखापाल रोस्मिता श्रेष्ठले
गरेकी थिइन ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved