संरक्षणको अभावमा इलाम चिया बगान

  • भदौ १२, २०७९
  • "भगीरथ भण्डारी"
alt

धरान । इलाम चियाको जिल्ला भनेर चिनिन्छ । यहाँ आउने पर्यटक चिया हेर्न र फोटो खिच्नकै लागि आउने गर्छन् । इलामको पूर्वी भागको अधिकांश क्षेत्र चियाले भरिएको छ ।

इलाम सदरमुकाम नजिकै रहेको चिया बगान र कारखानाले इतिहास रचेको छ । इतिहास बोकेको चिया बगान ५० वर्षका लागि लिजमा जिम्मा दिएको छ । लिजमा लिएर बगान व्यवस्थापन नगर्दा चिया मासिने अवस्थामा पुगेको छ ।

२०५७ सालमा सरकारले इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, झापाका बर्ने, बारदसी र टोकेला चिया बगान त्रिवेणी सघाई समूहलाई ६५ प्रतिशत हिस्सा उसकै रहने गरी लिजमा दिएको छ । ६५ प्रतिशत हिस्सा आफ्नै हिस्सा हुने गरी ५० वर्षका लागि लिजमा लिएर पनि व्यवस्थापन नगर्दा इलामका चिया बगान कुरूप बन्न थालेका हुन । इलाम सदरमुकाम नजिकैको चिया बगान पुग्ने हो भने चिया बगान जस्तो देखिँदैन । धेरै जसो ठाउँमा खाली भेटिन्छ । भएको चियामा पनि झारले छोपिसकेको छ । बगानमा टिकटिके फूल भनेर चिनिने झार फैलिरहेको छ । यसले चियाको सौन्दर्य बिगार्नुका साथै मास्ने अवस्था सम्म पुर्याउछ ।

एक सय ५३ वर्षअघि नेपालमै पहिलो पटक चिया खेति भएको इलाम सदरमुकाममा पर्ने इलाम चिया बगानमा देशकै पहिलो कारखाना रहेको छ । तर यहाँ रहेको कारखाना जीर्ण अवस्थामा छ भने चिया बगान उजाड बनेको छ । बगानमा खालि भएको ठाउँमा चिया नरोपिएको कारण बगान कुरूप बनेको हो । चिया बगान मासिन थाल्दा पनि बगान व्यवस्थापन गरिएको छैन । इलाम सदरमुकामको मात्र होईन माई नगरपालिका –९ मा रहेको बगान क्षेत्र पनि मासिँदै गएको छ । चियाका बोट पुरानो भएका कारण उत्पादन पनि घट्दो छ । विसं १९२२ मा दक्षिणी इलामको सोक्तिममा चिया रोप्न सुरु गरिएको थियो भने १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरेर हरियो पत्ती प्रशोधन सुरु गरिएको थियो । तर अहिले बगान उजाड बन्दै गएको छ भने ऐतिहासिक कारखाना जीर्ण बनेको छ । ‘इलामको चिया बगान र उद्योग देशकै इतिहास हो तर अहिले उद्योग चाहिँ खोक्रो बनाइएको छ, त्यहाँ भएका महँगा र महत्वपूर्ण औजार अन्यत्र लगेर काम चलाऊ औजार मात्र जडान गरेको स्थानीय बताउँछन् । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीनबाट उपहारका रूपमा ल्याएको चिया उनका ज्वाइँ बडाहाकिम गजराजसिंह थापालाई पहिलो पटक इलाममा खेती गराएको इतिहास छ । थापाले इलामपछि सोक्तिममा चिया खेती सुरु गरेका थिए । निजीकरण भएसँगै कारखानाको मेसिन अन्यत्रै लगिएको स्थानीय बताउँछन् । आधुनिक चिया प्रशोधन गर्ने सदरमुकामस्थित कारखाना पहिलो हो भने दोस्रो माई नगरपालिकाको सोक्तिम नै हो । यी दुवै कारखाना र बगान उजाड देखिएका छन । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माई नगरपालिकाले बगानलाई व्यवस्थित गर्न स्थानीय सरकारलाई दिने व्यवस्था गर्नुपर्ने भन्दै सङ्घीय सरकारसँग आग्रह गरिसकेका छन ।

चियाको इतिहास

वि.सं. १९२० मा इलामबाट चिया खेतीको व्यावसायिक सुरुवात भएको इतिहास छ । त्यसताका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा चीन भ्रमण गएका थिए । फर्कँदा उनले चिनियाँ जातको बिरुवा उपहारस्वरूप पाए । उनले उक्त चियाको बिरुवा इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापालाई दिए । उनै गजराजसिंह थापाले इलामको माटोमा चियाको बोट रोपे । त्यसपछि पूर्वी पहाडका उजाड पाखा पखेरा रहरलाग्दा देखिन थाले । हरिया कार्पेट बिछ्याए झैँ लोभलाग्दो लाग्न थाले । यसले पूर्वी पहाडका किसानलाई पैसा फल्ने रुख मात्र दिएन, आगन्तुकलाई लोभ्याउने दृश्य पनि दियो । अन्ततः चिया आर्थिक समृद्धिसँगै पर्यटनको मेरुदण्ड बन्यो । चियाका क्षेत्रमा लागेकाहरूलाई एउटा नाम कण्ठै छ, तारानाथ शर्मा अधिकारी । इलामको माघेमा जन्मिएका शर्माले चिया खेतीको विस्तार र विकासमा पुर्याएको योगदान छ । चियासँग उनको नाता कन्याम चिया कमानबाट जोडियो । २०२९ सालमा नेपाल चिया विकास निगम लिमिटेड अन्तर्गतको उक्त चिया कमानमा उनी फिल्ड अफिसर बनेर प्रवेश गरेका थिए । पछि उनी राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशकसमेतको जिम्मेवारी सम्हालेका थिए ।

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved