द्रुत गतिमा राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य : परिचयपत्र बनाउन सर्वसाधारणलाई हैरान

  • असार २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । द्रुत सेवामार्फत राहदानी बनाउने उद्धेश्यले सरकारले शुरु गरेको राष्ट्रिय परिचयपत्र बनाउने सर्वसाधारणले हैरानी व्यहोर्नु परेको छ ।

आवेदन फर्म बुझाइसकेपछि राजस्व बुझाउने त्यसमाथि फोटो खिच्ने काम सक्नकै लागि पनि एक हप्ता भन्दा बढी समय लाग्ने गरेको इलाका प्रशासन कार्यालय धरानमा राष्ट्रिय परिचयपत्र लिन जानेहरुको गुनासो छ ।

धरान १५ की सिर्जना बस्नेतले राष्ट्रिय परिचयपत्रको इलाका प्रशासन कार्यालय धाएको चारदिन भन्दा बढी भइसकेको छ । कार्यालयमा पुग्दा परिचयपत्र बनाउने भीड देख्ने वित्तिकै उनको रिंगटा छुट्ने गर्छ । जहिल्यै गयो भीडमात्र भएपछि उनी लाइनमा नबसी फर्किन्छिन् । वैदेशिक रोजगारीका लागि राहदानी बनाउनुपर्ने भएकाले राष्ट्रिय परिचयपत्र बनाउन गएको उनी सुनाउँछिन् । उनी भन्छिन–‘सरकारले राहदानी बनाउन अनिवार्य राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने नियम बनायो, तर सरकारले राष्ट्रिय परिचयपत्र बनाउन सर्वसाधारणको सहजतामा भने ध्यान दिएन ।’

अहिले उनी जहिल्यै सहज हुन्छ अनि बनाउने सोचमा पुगेकी छन् । यस्तै समस्या धरान १४ का पञ्कज घिमिरेले भोगेका छन् । उनले पनि एक हप्तापछि मात्र फर्म भर्न सफल भए । फर्म भरिसकेपछि पनि परिचयपत्र लिन भने समय लाग्ने उनी बताउछन् । उनी भन्छन्–‘ घण्टौ लाइनमा बसेर राष्ट्रिय परिचयपत्रको फारम भर्ने भन्दा पनि वडावडाबाट फर्म भर्ने सहुलियत सरकारलो गर्नुपर्छ ।’

यी दुई त प्रतिनिधिपात्र हुन् राष्ट्रिय परिचयपत्र लिनेहरुले धेरै झन्झ व्यहोर्नु परको छ । नेपाली नागरिकहरूलाई राष्ट्रिय पहिचान सहितको बहुपयोगी बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले शुरु गरेको राष्ट्रिय परिचयपत्र लिन सर्वसाधारणलाई झन्झिटलो प्रक्रियाका कारण नागरिकले दुः ख पाइरहेका छन् । सुनसरीमा जिल्ला प्रशासन कार्यालय र मातहतका इलाका प्रशासन कार्यालयबाट मात्र दिने प्रावधान हुदा अत्याधिक भीड बढेको इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई बताउछन् । उनका अनुसार यहाबाटमात्र १ लाख ७६ भन्दा बढीलाई सेवा प्रदान गदे समस्या भएको बताए । उनले भने–‘अहिले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाटमात्र राष्ट्रिय परिचयपत्र फारम भर्ने गरिएको छ, स्थानीय तहको निर्वाचन सकिएसँगै जनप्रतिनिधिहरु निर्वाचित भएर आएका छन्, वडावडाबाट फर्म भर्ने प्रावधान ल्याए सर्वसाधारणलाई सहज हुन्छ ।’

इलाका प्रशासन कार्यालयमात्र राष्ट्रिय परिचयपत्र लिनेको संख्या सैयौ रहेको छ । अत्यन्तै भीडभाड हुने भएकोले सेवाग्राही मारमा परेका हुन । राष्ट्रिय परिचयपत्र वैदेशक रोजगारमा जानेहरुलाई राहदानी बनाउन अत्यावश्यक भए पनि अन्य सर्वसाधारणले समेत बनाउन जाने भएकोेले भीड बढेको हो । नेपाल सरकारले जे उद्देश्यले राष्ट्रिय परिचयपत्र बनाउनै पर्ने प्रावधान ल्याएर पनि यो प्रक्रिया झन्झिटिलो छ । यसलाई सहज रुपमा प्रदान गर्ने वातावरण नेपाल सरकारले अवलम्बन गर्न सक्नुपर्छ ।

देशैभर सुनचाँदी व्यव ...

धरान । दैनिक अर्बौको काराबार गर्ने सुनचाँदी व्यवसाय पसल ...

व्रिज इन्टरनेशनल कन् ...

धरान/ व्रिज इन्टरनेशनल कन्सलटेन्सि, धरान–९ पुतली ...

धरानमा ब्राउन सुगरसह ...

धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगर ...

कृषकलाई मेसिनदेखि मल ...

झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved