धरान । धरानको सेउती खोला नजिक रहेको खत्रीधारा शवदाह स्थल जाने बाटोमा १०८ मिटर आरसिसी ढलान सम्पन्न भएको छ ।
सडक निर्माण सम्पन्न भएको बारे शनिवार सार्बजानिक सुनाई कार्यक्रम मार्फत निर्माण समितिले जानकारी गराएका छन् ।
विगतमा त्यहासम्म पुग्ने सडक र पुल जीर्ण रहदा धेरै समस्या भोग्नु परेको थियो । धरान वडा नं १५ र धरान वडा नं ४ जोड्ने सेउती पक्की पुल निर्माणसँगै शवदाह स्थल जाने बाटो पुर्ण रुपमा बन्द रहेको थियो । बाटो जीर्ण रहेकै कारण शव दाहसंस्कारसम्म शवबाहन पुग्न नै कठिन रहेको थियो । धरान उपमहानगरपालिका, १५ नं. वडा समिति, र झिगु समाज खत्रीधाराको संयुक्त पहलमा शवदाह स्थल पुग्ने सडक निर्माणका लागि उपभोक्ता समिति गठन भएको थियो । स्थानीयबासीहरुको सहकार्यमा निर्माण समितिले सडकको आरासिसि ढलान गर्ने सहमति भएपछि धरान उपमहानगरपालिकाले २० लाख बजेट बिनियोजन गरेको । उपमहानगरपालिकाको २० लाख र स्थानीइको ३ लाख सहयोग गरी २३ लाखमा १०८ मिटर आर सिसिसी ढलान गरी सडक निर्माण गरिएको निर्माण समितिले जनाएको छ ।
शनिवार शवदाह स्थल सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कैलाश राईको अध्यक्षतामा सार्बाजानिक सुनाई कार्यक्रमको आयोजना गरी सो सडक निर्माणको विषयमा जानकारी गराइएको थियो ।
सार्बजनिक सुनुवाई कार्यक्रममा धरान उपमहानगर पालिका वडा नं. १५ का वडाध्यक्ष नरेश इवारमले दाह संस्कारको अझै स्तरोन्नति गर्नुपर्ने भएकोले यसका लागि बजेट बिनियोजन गरीदिन धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई संग आग्रह गरेका थिए ।