‘संघलाई देशकै एउटा नमूना उद्योग वाणिज्य संघ बनाउनेछुु ’: पवनकुमार अग्रवाल

  • असार १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । असार २० गते हुने अध्यक्षका तीन प्रतिष्पर्धीमध्ये पवनकुमार अग्रवाललाई अब्बल उमेद्वारको रुपमा लिने गरिएको छ । अध्यक्षका दुई प्रतिष्र्धी शिवराज श्रेष्ठ र विजय श्रेष्ठ पार्टीको समर्थनमा प्यानलै प्रतिष्पर्धामा उत्रिएका बेला अग्रवालले भने स्वतन्त्र रुपमा उमेद्वारी दिएका छन् ।

अग्रवालले सारेका एजेन्डा पनि व्यवसायीका लागि सान्र्दभिक योजना छन् । उनले विगतमा गुमेको शाखलाई फर्काएने पर्काउने मात्र हैन सुद्धिकरणको मुद्धालाई प्राथमिकताका साथ उठाएका छन् । उनले भनेका छन्–‘सनसरी उद्योग वाणिज्य संघ धरानको शाख विगतमा जस्तो थियो पछिल्लो समय खस्किएको छ, पहिलाकै शखा फर्काउन पहिलो काम सुद्धीकरण अभियानलाई अगाडि बढाउनुछ ।’

उनले सघलाई विधान र विधिसम्मत सञ्चालन गर्दै संस्थामा व्याप्त अनियमितताको अन्त्य, संघको दायित्व र जिम्मेवारी विधिसम्मत वहन गर्ने, निर्वाचित पदाधिकारी र सदस्यबीच कार्यविभाजनका आधारमा सहकार्य स्थापित गर्नेदेखि लिएर संस्थागत विकासका लागि नेतृत्व, कार्य समिति र व्यवसायीबीचको सहकार्यको वातावरण सिर्जना गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।

उनले भनेका छन्–‘व्यवसायिक हितका लागि संघको सेवालाई बनाउदै संघलाई सनसरीका व्यवसायिक क्षेत्र स्थानीय सरकारसँग समन्वय गरेर विस्तार विकास गर्ने, संघलाई देशकै एउटा नमूाना उद्योग वाणिज्य संघ बनाउने प्रण गरेको छु ।’

औषधी व्यवसाय मार्फत आफ्नो व्यवसायलाई माथि उठाएका अग्रवालदे सघको प्रमुख दायित्व नै व्यसायीको पेशागत सुरक्षा रहेको बताएका छन् । उनी भन्छन्–‘मेरो उद्देश्यले नै व्यवसायीको पेशागत सुरक्षा हो, विगतमा त्यो दायित्व जिम्मेवारीपूर्वक वहन नगरेको गुनासो छ, यसलाई म सुधारेर लान्छु ।’

कुशल व्यवसायी अग्रवाल २०५८ मा सदस्य निर्वाचित भएपछि व्यवसायिका हितमा धेरै भिजन ल्याएका थिए । उनको भिजनलाई हेरेर नै उपाध्यक्षमा केही समयपछि उपाध्यक्षको पदभार समेत सम्हालेका थिए । तत्कालीन अध्यक्ष खगेन्द्र श्रेष्ठलाई पूर्ण कार्यसमितिले निष्कासित गरेपछि अग्रवाल कार्यवाहक अध्यक्ष भएका । कार्यवाहक अध्यक्ष भएकै बेला २०६० सालमा उनी अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसबेला समेत उनले धेरै कामहरु गरेको उनी बताउछन् ।

त्यसयता व्यवसायीको हितमा कसैले काम गर्न नसकेका कारण व्यापारी व्यवसायीहरुले पवन अग्रवालको आवश्यकता रहेको औल्याउदै चुनाव उठ्न आग्रह गरेपछि उमेद्वारी दिएको उनी बताउछन् । उनी भन्छन्– ‘ विगतमा धरान व्यवसायिक क्षेत्र हो, कोशी पहाडी क्षेत्रमा सवारी आवागमन हुन थालेपछि धरानको व्यापारिक साह गुम्यो, यसको प्रमुख कारण जोगवानी र खाँदवारिको सिधा सम्पर्क भएपछि सामानहरु सिधै गन्तव्यमा पुग्न थालेपछि धरान ओझेलमा परेको हो ।’ सबै मिलेर पहिलाको शाख फर्काउनुपर्ने उनको धारणा छ ।

एनले सुनसरी उद्योग वाणिज्य संघको संस्थागत विकास, उद्योगी व्यवसायीहरुको पेशागत सुरक्षा सम्बद्र्धन र विकास, व्यवसायिक सुरक्षाका विषयमा उठाएको एजेन्डा अत्यन्तै समय सान्दर्भिक भएको व्यवसायीहरु बताउछन् । वितमा ऋणमा भएको संस्थालाई ब्यालेन्समा ल्याउन भवन निर्माणको काम गरेको बताउने अग्रवालका विषयमा मतदाताहरुको भरोसा बढ्दै गएको पाइएको छ । यसपटक अग्रवाललाई जिताउने प्रण मतदाताहरुले गरेका छन् ।

व्रिज इन्टरनेशनल कन् ...

धरान/ व्रिज इन्टरनेशनल कन्सलटेन्सि, धरान–९ पुतली ...

धरानमा ब्राउन सुगरसह ...

धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगर ...

कृषकलाई मेसिनदेखि मल ...

झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधु ...

ताप्लेजुङ र पाँचथरमा ...

ताप्लेजुङ/ ताप्लेजुङ र पाँचथर जिल्लाबाट प्रहरीले ल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved