खोटाङको पार्क बर्षादको समयमै भासियो: गुणस्तरहीन भएको स्थानीयको भनाई

  • असार १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । खोटाङमा चार करोड भन्दा बढीको लागतमा निर्माण भएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क सामान्य वर्षामै भासिएको छ । भासिनुमा स्थानीयहरुले गुणस्तरहीन सामाग्री प्रयोग गरेको आशंका गरेका छन्

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १– दिक्तेल बजारको रत्नपार्कमा निर्माण गरिएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क सामान्य वर्षामै पर्खाल र मैदान भासिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नगरपालिकासँगको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार ७ सय ५१ रुपैयाँको लागतमा शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान निर्माण गरेको थियो ।

गत फागुन ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन मेयर दीपनारायण रिजाल र उपमेयर विणादेवी राईले कम्प्लेक्स र चिल्ड्रेन पार्क उदघाटन गरेका थिए । निर्माण कम्पनी उमालामा अनशुबी जेभीले ठेक्का लिएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क २०७८ जेठ ६ गते शिलान्यास गरिएको थियो ।

व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको शपिङ कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि चिल्ड्रेन पार्क निर्माण गरिएको छ । माटो भरेर पर्खाल उठाइएका कारण चिल्ड्रेन पार्कको मैदान भासिएको देखिएको मेयर तीर्थराज भट्टराईले बताए । उनले भने–‘भासिएको हैन बर्षाद्ले माटो बगाएका कारण भाँसिएको देखिएको हो ।’

चिल्ड्रेन पार्कको एकतिरको भाग शपिङ कम्प्लेक्सको पेटीसम्मै भासिएको छ भने चिल्ड्रेन पार्कको मैदानको स्वीमिङ पुल पनि भासिए कारण पर्खाल समेत चर्किएको छ ।

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

प्रेमजालमा फसाएर सुन ...

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुन ...

सुनसरीमा लागूऔषधसहित ...

ईनरुवा/  सुनसरीको ईनरुवामा ब्राउन सुगरसहित दु ...

धरानमा तीन दिने फुड ...

धरान/ धरान–१२, चतरालाइनस्थित प्राइम भिजन इन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved