धरान । उर्लाबारीका एक हार्डवेयर व्यापाीरले स्थानीयको करोडौ रकम ठगेर फरार भएका छन् । उर्लाबारी जेसिसका पूर्व अध्यक्ष समेत रहेका विनोद ओलीले सर्वसाधारणको करोडौ रकम ठगेर एक महिनादेखि बेपत्ता भएका छन् ।
लामो समयदेखि उनले बरगाछीमा एक हार्डवयेर पसल सञ्चालन गर्दै आएका थिए । चाहिएजति सिमेन्ट, रड उपलब्ध गराउने सर्तमा ग्राहकबाट अग्रिम भुक्तानी लिने गरेको पाइएको छ ।स्थानीयबासी, बैंक तथा वित्तीय संस्थासंग निर्माण सामाग्री उपलब्ध गराउने भन्दै करोडौ कुम्ल्याएर फरार भएको स्थानीयहरुले बताएका छन् ।
फरार ओलीका विरुद्ध प्रहरी कार्यालय र नगरपालिकामा उनीविरुद्ध उजुरी गरेका छन् । ठगिएको थाहा पाएर पैसा माग्न जाँदा एक महिनादेखि उनी सम्पर्कविहीन बनेको पीडितहरुको गुनासो छ । ओलीलाई सम्पर्कमा ल्याई गुमेको पैसा फिर्ताका लागि पहल गरिदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी नगरपालिकामा पीडितहरु पुग्ने गरेका छन् । अहिलेसम्म ३५ जनाभन्दा बढी ठगिएको बताइएको छ ।