सरकारी कागजात किर्ते गरेको अभियोग लागेकी सांसदद्वारा राजीनामा

  • असार १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सरकारी छाप, दस्तखत र कागजात किर्ते गरेको अभियोगमा मुछिएकी प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले बुधबार पदबाट राजीनामा दिएकी छन् ।

खातुनले सभामुख प्रदिपकुमार भण्डारीसमक्ष दिएको राजीनामा बिहीबार सभामुखले स्वीकृत गरेका छन् । अघिल्लो साता मात्रै सर्वोच्च अदालतले खातुनविरुद्धको सरकारी सहीछाप र दस्तखत कीर्ते मुद्दा दोहोर्‍याउन अनुमति दिन अस्वीकार गरेको थियो ।

सरकारी कागजात किर्ते अभियोगमा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि खातुनले सर्वोच्चमा मुद्दा दोहोर्‍याउन माग गरेकी थिइन् । तत्कालीन कद्माह गाउँ विकास समितिमा रहेको ३ विघा १० कट्ठा जग्गाको मोही पाउनका लागि खातुनले २०७१ चैतमा गाविस सचिवको सिफारिस आफैले गरेको र एकै दर्ता नम्बरका दुई वटा सिफारिस गरेको भन्दै किर्ते मुद्दा परेको थियो ।

मोरङ जिल्ला अदालतले उनलाई २०७६ वैशाख ३१ गते दोषी प्रमाणित गर्दै एक वर्ष कैद सजायको आदेश दिएको थियो । अदालतको आदेश लगत्तै फरार रहेकी उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेकी थिइन् ।

विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते उनको बारेमा फैसला सुनाउँदै सजाय थपेको थियो । उनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला भएको थियो । उच्चको फैसलाप्रति पनि असन्तुष्ट जनाउँदै सांसद खातुनले २०७६ फागुन ११ मा उनले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । आफ्नो मुद्दामा त्रुटिपूर्ण फैसला भएको भन्दै सर्वोच्च गएकी उनले मुद्दा दोहोयाउन माग गरेकी थिइन् । तर, गएको जेठ २५ मा सर्वोच्चले मुद्दा दोहो¥याउने आदेश दिनु नपर्ने फैसला गरेपछि उनको पद धरापमा परेको थियो ।

जिल्ला अदालतको आदेश लगत्तैदेखि फरार उनले संसदमा सुटुक्क आएर हाजिरी जनाउँदै तलबभत्ता भने बुझ्ने गरेकी थिइन् । प्रहरीले उनलाई खोज्दै आएको बताए पनि एमाले दबाबका कारण उनी प्रहरी नियन्त्रणमा पर्नबाट जोगिँदै आएकी थिइन् ।

खातुनले राजीनामा दिएपछि प्रदेशसभामा एमालेको सांसद संख्या सभामुखसहित ३८ मा झरेको छ ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved