समयमै गुणस्तरीय काम गर्ने ठेकेदार सम्मानित

  • असार १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कतिपय ठाउमा ठेकेदारहरुले समयमै काम नगरेर बद्नाम भएका घट्नाहरु धेरै सुन्न र पढ्न पाइन्छ । तर भोजपुरमा भने समयमै गुणस्तरीय काम गरेको भन्दै ठेकेदारहरुलाई सम्मान गरिएको छ । भोजपुरको पौवादुङमा गाउँपालिकाले तोकिएको समयमै गुणस्तरीय काम गरेको निर्माण व्यवसायीलाई सम्मान गरेको हो ।

गाउपालिकाले तोकिएको मापदण्ड अनुसार निर्धारित समयमै काम सम्पन्न गरेको भन्दै राउत कन्स्ट्रक्सनका सञ्चालक कुल बहादुर राउतलाई सम्मान गरेको छ ।

पौवादुङमा गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको तिवारी भञ्याङ–च्याङ्ग्रे–मानेडाँडा अधेँरीघाट ३५ किलोमिटर सडक मध्ये १३ किलोमिटर स्तरोन्नतिको काम तोकिएको समयमा सम्पन्न गरेकाले कामको सम्मान गर्न निर्माण व्यवसायी राउतलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । उनले भने–‘अन्य निर्माण कम्पनीलाई पनि यो सम्मानले हौसला मिलोस्, गुणस्तरीय काम गरुन भन्ने उद्देश्यले पनि हामीले निर्माण कम्पनीलाई सम्मान गरेका हौं ।’

अध्यक्ष राईले यो पटक प्रदेश सरकारले हाम्रो गाउँपालिका आउने विकास बजेट कटाएको बताउदै यस सडकलाई कालोपत्रे गर्ने सोचका साथ काम गरिरहेका बताए । उनले भने–‘ यो सडक पौवादुङमाबासीसँगै जिल्ल्लाबासीको महत्वपूर्ण सडक हो । विकासको पहिलो आधार सडक हो । यो सडकलाई अन्य निकायसँग पहल गरेर भएपनि पाँच वर्षभित्रमा कालोपत्रे गर्नेे लक्ष्य छ ।’ सडकलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउन गाउँपालिकाका प्राविधिक तथा इन्जिनियरहरूले नियमित अनुगमन तथा आवश्यक सहयोग पुर्‍याएको प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराइले बताए । उनले भने–‘राम्रो काम गर्नेलाई प्रोत्साहन होस्, भन्ने उद्देश्यले पनि हामीले सम्मान गरेका हौं ।’

गाउँपालिकाले गरेको यो सम्मानले आफूलाई काम गर्ने थप उर्जा मिलेको राउत कन्स्ट्रक्सनका सञ्चालक कुल बहादुर राउतले बताए । राउतले भने ‘उहाँहरुको साथ सहयोग विना यो काम सम्भव थिएन । स्थानीय, गाउँपालिकाका कर्मचारी तथा गाउँपालिका अध्यक्षको सहयोगमा समयमै काम सम्पन्न गर्न सफल भएँ । मेरो कामको सम्मान गरिदिनु भएकोमा गाउँपालिका अध्यक्ष तथा सिंगो पौवादुङमा गाउँपालिकाप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

सडकको स्तरउन्नतिले गाउ लगायत आसपासका सर्वसाधारणलाई यातायातसँग जोडेको त । सानोदुम्मा, ठूलोदुम्मा र बास्तिमका नागरिक बाह्रै महिना सडकको पहुँचमा जोडिएका हुन् । यो सडक जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्ला जोड्नका लागि सबैभन्दा छोटो मार्ग हो । यहाँबाट यात्रा गर्दा २३ किलोमिटर बाटो छोटो हुनेछ ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved