हत्या गरेको नौ बर्षपछि पक्राउ

  • असार १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । उदयपुरका एक युवकलाई साथीको हत्या गरेको नौ महिनापछि प्रक्राउ गरिको छ ।

पक्राउ पर्नेमा उदयपुर त्रियुगाका गम्भीरबहादुर दनुवार रहेका छन् । १९ वर्षीय किशोर चित्रकुमार मग्रातीको हत्या गरेर उनी फरार रहेका थिए । सुनसरी जिल्ला अदालतले हत्या गरेको फैसला सुनाउदै दनुवारलाइ २० वर्ष कैद फैसला सुनाएको थियो । फैसला सुनाए पनि उनलाई पक्राउ गर्न सकिएको थिएन ।

उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले गत १० गते पक्राउ गरेको हो । दुई महिनाको प्रयासपछि सुनसरी प्रहरीले बानियाटार काठमाण्डौबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले पक्राउ परेका दनुवारलार्ई कैद भुक्तानका लागि झुम्का कारगार चलान गरिएको बताए ।

नौ बर्ष अघि धरान २० मा वनभोज खाने क्रममा दुई पक्षबीच कुटाकुट नै भएको थियो । कुटपिटकै क्रममा गम्भीरबहादुर र विक्रम मिलेर चित्रकुमारमाथि कुटपिट गरेका थिए । २०७१ साल मङसिर १ गते भएको घट्नामा कुटपिटबाट चित्रकुमारको मृत्यु भएको थियो । मृत्यु भएको चिकुमारलाई जंगलमा लगेर स्याउला र झारपातले पुरी उनीहरु फरार भएको अनुसन्धानबाट पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी थापाले जानकारी दिए ।

उनले भने–‘फरारमध्येका विक्रमलाई २०७१ मङसिर १४ गते नै भोजपुरको दिङ्लाबाट पक्राउ गरी अनुसन्धानपश्चात् सुनसरी जिल्ला अदालतमा पेश गरिएको र पुस ८ गते पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।'

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

प्रेमजालमा फसाएर सुन ...

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुन ...

सुनसरीमा लागूऔषधसहित ...

ईनरुवा/  सुनसरीको ईनरुवामा ब्राउन सुगरसहित दु ...

धरानमा तीन दिने फुड ...

धरान/ धरान–१२, चतरालाइनस्थित प्राइम भिजन इन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved