टिभिएसको नयाँ मोडलको मोटरसाइकल बजारमा

  • असार १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । टिभिएस अपाचे आरटिआर १६० ४–भी आरटिएफआईको औपचारिक बिक्री विक्री सुरू भएको छ । नेपालमा रहेका डिलरबाट लञ्च गरेसँगै सोमबारबाट सो मोटरसाइकल बजारमा विक्रीका लागि खुल्ला गरिएको हो ।

इटहरीस्थित पारस अटो मोवाइल्सलमा एक कार्यक्रमको आयोजना कोशी मिडिया प्रा.लिका प्रबन्ध निर्देशक योगेशबाबु काफ्ले र सञ्चालक लिला लुइटेलले मोटरसाइकलको संयुक्त उद्घाटन गरेसँगै पूर्वका विक्रेताका लागि विक्री खुल्ला गरिएको हो ।

यो बाइकमा रेन, अर्बन र स्पोर्ट गरी तीन राइड मोडहरू रहेको पारस अटोमोवाइल्लसका सञ्चालक लिला लुइटेलले बताए । उनले यो विशेषताले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित बनाउने बताए ।

उनका अनुसार बाइकको अर्को सशक्त पक्ष भनेको रेस ट्युन्ड फ्युल इनजेक्सन (आरटिएफआई) टेक्नोलोजी युक्त बिएस–६ कम्प्लायन्ट इन्जिन हो । अटोमोबाइल जगतमा आरटिएफआई टेक्नोलोजिलाई निकै उत्कृष्ट मानिन्छ । यसैगरी बिएस–६ कम्प्लायन्ट इन्जिन सहितको अपाचे आरटिआर नेपाली बाइक प्रेमीले धेरै पहिलादेखि नै प्रतिक्षा गरिरहेको उनले बताए । यस आरटिएफआई टेक्नोलोजीयुक्त इनजिनले माइलेजमा वृद्धि गर्छ भने बिएस–६ कम्प्लायन्ट इन्जिन वातावरण मैत्री हुने बताइएको छ । यसले टिभिएसको रेसिङ डिएनएको इतिहासलाई थप नयाँ उचाइमा पु¥याउने विश्वास लिइएको छ ।

बाइकमा स्मार्ट कनेक्सन सुविधा पनि दिइएको छ । जसको सहायताले बाइकमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिङ, लिन एंगल मोड, साथै कल र एसएमएस अलर्ट जस्ता आधुनिक सेवा जडान गरिएको छ । यसले गर्दा बाटोमा यात्रा गर्दा अरू सामान्य बाइक भन्दा अतिरिक्त फाइदा दिन्छ । जगदम्बा मोटर्सले यो नयाँ बाइकको सुरुवाती मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ तोकेको छ ।

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

प्रेमजालमा फसाएर सुन ...

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुन ...

सुनसरीमा लागूऔषधसहित ...

ईनरुवा/  सुनसरीको ईनरुवामा ब्राउन सुगरसहित दु ...

धरानमा तीन दिने फुड ...

धरान/ धरान–१२, चतरालाइनस्थित प्राइम भिजन इन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved