धरान । मोरङको रंगेली नगरपालिका ७ मा रहेको अस्पताल परिसरबाट मोटरसाइकल चोरी भएको छ ।
रंगेली ८ बेलचोक घर भएका सन्तोष नेपालको को १५ प ८२०७ नम्बरको प्यासन मोटरसाइकल आइतबार दिउँसो चोरी भएको हो । अस्पतालमा कार्यरत अहेव नेपालको रंगेली अस्पतालमा राखेको मोटरसाइकल एक घण्टाको फरकमा हराएको थियो ।
दुई बजे डिउटीमा आउदा पार्किङमा राखेको मोटरसाइकल ३ बजे बाहिर निस्केर हेर्दा हराएको पीडित नेपालको भनाई छ । मोटर साइकल चोरी भएपनि उनले प्रहरीलाई खवर गरेका छन् ।
ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक शौलेश न्यौपानेले हराएको मोटरसाईकलको खोजिकार्य भइरहेको बताए ।