‘जब मान्छे हराउँछ’ माथि विमर्स

  • असार १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कवि चन्द्र गुरुङको नवकृति ‘जब एउटा मान्छे हराउँछ’ माथि इटहरीमा विमर्श कार्यक्रमको आयोजना गरिएको छ ।

शनिबार इटहरीको क्यानभास साहित्य समाजले सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा विमर्श कार्यक्रमको आयोजना गरेको हो ।

विमर्श कार्यक्रमलाई कवि विनय सरगमले सहजीकरण गरेका थिए । वक्ताका रूपमा रहेका कवि बद्री भिखारीले कवि गुरुङका कवितासङ्ग्रहमा सरल र नरम कविताहरू रहेको उल्लेख गरे ।‘कविताहरू सरल र शक्तिशाली छन् ’ भिखारीले भने,‘‘मानिस जस्तै नरम कविताहरू रहेकाले यो सङ्ग्रहले न्याय पाएको छ ।’

वक्ताकै रूपमा रहेकी कवि मिश्र बैजयन्तीले गुरुङका कवितासङ्ग्रहमा सामान्यजस्ता कविता लागेपनि असामान्य कविताहरू रहेको तर्क गरिन् । ‘कविता सामान्यजस्ता लागे पनि कविले कवितालाई मनन गर्न सकेका छन् ’ उनले भनिन्, ‘कविले कवितामा पहिचानका मुद्वा सशक्त रूपमा उठाएका छन्, बा को अनुहार आफूजस्तै देख्नु भनेको पहिचानको कुरा हो ।’ सङ्ग्रहभित्रको ‘बाको अनुहार’ शीर्षकको कविताले ‘बा’ भित्र रहेको दुःख, जिम्मेवारी सँगै ‘‘बा’ को सपना आफ्नो काँधमा आएकाले यस्ता कविता जीवन्त हुने उनले बताइन् ।

कवि चन्द्र गुरुङले भने आफू लामो समयसम्म वैदेशिक रोजगारीमा रहेका कारण कविता आफ्नो लागि साथीका रूपमा आएको बताए । ‘वैदेशिक रोजगारीमा रहँदै धेरै कविताहरू सङ्ग्रहभित्र छन्, मेरा लागि कविता साथीका रूपमा आइदियो,’ उनले भने, ‘विशेषतः अनुवाद पनि गर्दै जाँदा कविताको रसमा मिसिएँ ।’

कार्यक्रममा कविद्वय मनु मञ्जिल र राजेश विद्रोहीले सङ्ग्रहभित्रको कविता वाचन गरेका थिए । कवि मञ्जिलले कार्यक्रममा बोल्दै कविले शब्दको खेल खेल्ने बताउँदै भने, ‘कवि पनि खेलाडी जस्तै हो, खेलाडीले पोस्टमा गोल हानेपनि नहानेपनि बल खुट्टामा पु¥याउँदा दर्शकले हुटिङ लगाउँछन्, कविता पनि यस्तै–यस्तै हो ।’

आयोजक क्यानभास साहित्य समाजका अध्यक्ष भरत दाहालले आफूहरूले नियमित कार्यक्रम गर्दै आएको बताए । क्यानभासका सचिव विवेक विवश रेग्मीका अनुसार पछिल्लो समय बजारमा आएको कवि चन्द्र गुरुङको कविता सङ्रगह सार्वजनिक भएपछि पहिलोपटक विमर्श कार्यक्रमको आयोजना गरिएको हो । उनले भने, ‘वितामाथिको विमर्श कार्यक्रम आयोजना गर्दा सङ्ग्रहको प्रमोशनसँगै त्यहाँभित्रको चिरफार पनि हो, यो यस्तै किसिमको कार्यक्रमको अभ्यास हो ।’

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

"सवै प्रकारका विभेद ...

 शीर्षक को मुख्य नारा सहित रास्ट्रीय दलित गोलमेच स ...

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved